पौष ३, बेलका । चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ आज बेलकामा एक औपचारिक कार्यक्रम गरी सुरु भएको छ। कार्यक्रमको अध्यक्षता बेलका नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राईले गरेका थिए भने प्रमुख अतिथि बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की रहेका थिए।

राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ बेलका नगर अन्तर मा.बि. स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कार्कीले आज उदघाटन गर्नुभएको खेलकुद कार्यक्रम पौष ५ गते समापन हुने बेलका नगर युवा तथा खेलकुद बिकास समितिका सदस्य साथै भलिबल खेलका नगर संयोजक नबिन राईले बताएका छन।

प्रमुख अतिथि कार्कीले कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा खेलकुदले स्वस्थ,अनुसासित संगै सामाजिक एकता बढाउने कुरामा जोड दिनु भयो। बेलका नगरपालिकाको वडा नं १ पुरन्दह स्थित श्री जनता बेलका मा.बि.मा भएको कार्यक्रममा बिभिन्न वडाका वडाअध्यक्ष,वडा सदस्य,बेलका नगर शिक्षा शाखा प्रमुख सुनिल निरौला,शिक्षक,पत्रकार,खेलकुद प्रेमीहरुको उपस्थिति रहेको थियो भने साँस्कृतिक झाँकीहरुको समेत प्रदर्शन गरिएको थियो ।