Wednesday, August 5, 2026
Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

त्रियुगा जनता बहुमुखी क्याम्पसमा नेविसंघ र नेकपा एस निकट अनेरास्ववियूको कारण स्ववियु निर्वाचन स्थगित

Radio Belaka by Radio Belaka
१ वर्ष अगाडि
in Uncategorized
0
त्रियुगा जनता बहुमुखी क्याम्पसमा नेविसंघ र नेकपा एस निकट अनेरास्ववियूको कारण स्ववियु निर्वाचन स्थगित
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

गाईघाट समाचारदाता, २८ फागुन । त्रिभुवन विश्व विद्यालयद्वारा घोषित यही चैत ५ गते हुने स्ववियु निर्वाचनअन्तर्गत आज मंगलबार मनोनयन दर्ताको कार्यक्रम रहेको भएपनि उदयपुरको सदरमुकाम गाईघाटमा रहेको त्रियुगा जनता बहुमुखी क्याम्पसमा भने स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको छ ।

नेपाल विद्यार्थी संघ र नेकपा एस सम्बद्ध अनेरास्ववियूले विभिन्न माग राखी निर्वाचन कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि मंगलबार हुने मनोनयनको कार्य प्रभावित बनेको छ ।

You might also like

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका स्ववियु निर्वाचन प्रमुख टिका पौडेलले विद्यार्थीहरुले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका कारण मनोनयन पत्र वितरणको काम हुन नसकेको बताए । पौडेलले क्याम्पस प्रशासन र असन्तुष्ट विद्यार्थी संगठनबीच छलफल गरेर सहमति खोज्ने प्रयास भइरहेको जानकरी दिए ।

नेपाल विद्यार्थी संघले दावी विरोध गरिएका, प्रमाण नपुगेका विद्यार्थीहरूको समेत नामावली मतदाता सूचीमा राखेकोले तत्काल हटाउनु, क्याम्पस प्रशासनबाट गरिएका गतिविधि सच्याउन र भय रहित एवम् निष्पक्ष वातावरणमा निर्वाचन गराउन जिम्मा लिनुपर्ने र वर्तमान निर्वाचन समिति भंग गरी नयाँ निर्वाचन समिति गठन गर्नुपर्ने माग राखेको छ भने नेकपा एस सम्बद्ध अनेरास्ववियूले भने स्नातक तह प्रथम वर्षमा माघ ११ गते भित्र भर्ना भएका विद्यार्थीलाई मात्र मतदान प्रक्रियामा सहभागी हुन पाउने निर्णय गरेको भन्दै तालाबन्दी गरेको जनाएको छ । यद्यपि स्ववियु निर्देशिका २०८१ ले समेत माघ ११ गते भित्र भर्ना भएका विद्यार्थीलाई मात्र मतदान प्रक्रिया सहभागी हुन पाउने स्पष्ट व्यवस्था गरेको छ भने क्याम्पस प्रशासनले समेत १९ फागुनमा आयोजना गरेको सर्वदलीय बैठकले समेत सोही कुरालाई मान्य गर्नेगरी निर्णय गरेको थियो । अहिले निर्वाचनको मुखमै आएर नेकपा एस सम्बद्ध अनेरास्ववियूले निर्वाचन कार्यालयमा ताला लगाएको विद्यार्थीहरुले बताएका छन ।

त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका प्रमुख डा. कैलाश राईले भने नेपाल विद्यार्थी संघ र नेकपा एस सम्बद्ध अनेरास्ववियूले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि छलफल गरेर विवाद निरुपण गर्ने प्रयास गरिएको भएपनि छलफल बिना निष्कर्ष टुंगिएको जानकारी दिए । उनले अहिले पनि आफुहरु छलफलकै क्रममा रहेको भन्दै सबैको सहमतिमा मनोनय लगायतका निर्वाचनका काम सुरु गर्ने प्रयास गरिरहेको बताए ।

नेपाल विद्यार्थी संघले भने आफूहरुको माग पूरा नभएसम्म ताला खोल्न नसक्ने जनाएको छ । नेपाल विद्यार्थी संघ उदयपुरका सभापति रोशन कार्कीले आफूहरुको माग अक्षरस पालना नहुने हो भने आफूहरु कुनै पनि सहमती गर्न नसक्ने भन्दै यसले चुनाव प्रभावित हुने दावी गरे ।

उदयपुरमा त्रियुगा जनता बहुमुखी क्याम्पससहित बरुवा क्याम्पस गाईघाट र नारद आदर्श शिक्षा क्याम्पस बसाहामा स्ववियु निर्वाचन हुनु पर्नेमा बरुवा क्याम्पसमा पनि संगठन दर्तासँगै भएको सर्वदलीय बैठकमा मतदाताका विषयमा सहमति हुन नसक्दा क्याम्पस प्रशासनले सहमति नहुन्जेलसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरेको सूचना सार्वजनिक गरेको थियो ।

बरुवा क्याम्पसमा पनि स्नातक तह प्रथम वर्षमा माघ ११ गतेपछि भर्ना भएका विद्यार्थीहरुलाई समेत मतदान प्रक्रियामा सहभागी गराउन केही विद्यार्थी संगठनले माग गरेपछि मतदाता नामावली नै प्रकाशन हुन सकेको छैन । उता नारद आदर्श शिक्षा क्याम्पसमा भने आज मनोनयन दर्ता हुने तयारी रहेको क्याम्पस प्रशासनले जनाएको छ ।

Previous Post

बेलकामा फ्रान्सेली राजदुत भर्जिनी कार्टेभललाई स्वागत

Next Post

धरान,बेलका हुदै भोजपुर जोड्ने बाटोमा यातायात अवरुद्द हुंदा दैनिक सयौं यात्रु लाई सास्ती

Radio Belaka

Radio Belaka

Related Posts

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने
Uncategorized

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८३ हुने

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

by Radio Belaka
बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु
Uncategorized

बेलका नगरपालिकामा खोरेत रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु

by Radio Belaka
तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक
Uncategorized

तेस्रो बेलका गोल कपको लोगो र मिति सार्वजनिक

by Radio Belaka
Next Post
धरान,बेलका हुदै भोजपुर जोड्ने बाटोमा यातायात अवरुद्द हुंदा दैनिक सयौं यात्रु लाई सास्ती

धरान,बेलका हुदै भोजपुर जोड्ने बाटोमा यातायात अवरुद्द हुंदा दैनिक सयौं यात्रु लाई सास्ती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

वडाध्यक्ष लाई एयर एम्बुलेन्स मार्फत थप उपचारका लागी काठमाण्डौ लगिंदै

वडाध्यक्ष लाई एयर एम्बुलेन्स मार्फत थप उपचारका लागी काठमाण्डौ लगिंदै

Watch As Flares Are Set Off In The Crowd To Mark Liam Gallagher’s Arrival In Glasgow

Don't miss it

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly