बेलका, उदयपुर । बेलका नगरपालिकाको संरक्षण तथा ब्रदरहुड फुटबल क्लब, बेलकाको आयोजनामा सञ्चालन हुने तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिता–२०८३ को मिति सार्वजनिक गरिएको छ।
आयोजकले आज आयोजित कार्यक्रममा प्रतियोगिता २०८३ कार्तिक १४ गतेदेखि २१ गतेसम्म बेलका–६ स्थित लेकाली खेल मैदानमा सञ्चालन हुने जानकारी दिएको हो। प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहनेछ।
यस संस्करणमा प्रतियोगिताको पुरस्कार राशि अघिल्लो संस्करणको तुलनामा दोब्बर वृद्धि गरिएको प्रतियोगिता संयोजक देविन मगरले जानकारी दिनुभयो। क्लबका अध्यक्ष रबिन तामाङ रहनुभएको प्रतियोगिताको गत संस्करणको विजेता गाईघाट फुटबल क्लब रहेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगितामार्फत स्थानीयस्तरमा फुटबल खेलको विकास तथा खेलाडीको क्षमता अभिवृद्धिमा योगदान पुर्याउने उद्देश्य राखिएको छ।













