Tuesday, October 13, 2026
Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

Radio Belaka by Radio Belaka
२ महिना अगाडि
in राजनीति
0
श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

रमेश तिम्सिना,

भदौ ११, बेलका /उदयपुर र सुनसरीको सीमावर्ती क्षेत्रमा पर्ने श्रीलंका टप्पुमा भइरहेको कोशी नदी कटान नियन्त्रणका लागि कोशी प्रदेश सरकारले तत्काल १ करोड रुपैयाँ बजेट विनियोजन गर्ने भएको छ।

You might also like

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

बिहीबार श्रीलंका टप्पुको सुनसरीस्थित वराहक्षेत्र नगरपालिका-६ र ९ क्षेत्रमा कोशी कटानको स्थलगत अवलोकन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो चरणमा ५० लाख र दोस्रो चरणमा थप ५० लाख रुपैयाँ गरी तत्काल १ करोड रुपैयाँ विनियोजन गरेर काम अघि बढाइने बताउनुभएको हो।

मुख्यमन्त्री कार्कीले कोशी कटान नियन्त्रणका लागि आवश्यक नीतिगत निर्णयसँगै बजेट, जनशक्ति र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो। उहाँले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग समन्वय गरी आवश्यक जनशक्ति परिचालन गरिने पनि बताउनुभयो।

कोशी सम्झौताअनुसार कटान प्रभावित क्षेत्र भारतीय क्षेत्राधिकारसँग समेत जोडिएकाले भारतीय पक्ष र भारतीय राजदूतावासमार्फत आवश्यक कूटनीतिक पहल गर्नुपर्ने मुख्यमन्त्री कार्कीको भनाइ छ।

अवलोकनका क्रममा वराहक्षेत्र र बेलका नगरपालिकाका नगरप्रमुख, प्रदेशका मन्त्री तथा प्रदेशसभा सदस्य, पूर्वमुख्यमन्त्री, इन्जिनियर र प्राविधिकसहितको टोली श्रीलंका टप्पु पुगेको थियो।

यसैबीच, श्रीलंका टप्पुको चिलिया क्षेत्रमा कोशी तथा बक्राहा नदी व्यवस्थापन कार्यालय विराटनगरले गरेको नदी नियन्त्रणको कामप्रति स्थानीयले प्रश्न उठाएका छन्।

कार्यालयका अनुसार करिब २० लाख रुपैयाँको लागतमा २ सय मिटर बोराबाँध र बाँसको पाइलिङ गरिएको छ। तर स्थानीयले भने काममा ठूलो मात्रामा जनश्रमदान भएको र खर्च तथा कामको विवरणप्रति आफूहरू सन्तुष्ट नरहेको गुनासो गरेका छन्।

स्थानीय नन्दकिशोर मेहेताले १९० घना बाँसको मात्रै भुक्तानी भएको अवस्थामा मुचुल्कामा ४५० घना बाँस उल्लेख गरिएको भन्दै कामको पारदर्शितामाथि प्रश्न उठाउनुभएको छ।

कार्यालय प्रमुख चक्रविक्रम सिंहले काम सम्पन्न भइसकेकाले सामाजिक परीक्षण गरिने बताउनुभएको छ।

कोशी कटान नियन्त्रणका लागि वराहक्षेत्र र बेलकाका स्थानीय बासिन्दाले गत असार ५ गतेदेखि निरन्तर जनश्रमदान गर्दै आएका छन्।

Previous Post

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

Next Post

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक

Radio Belaka

Radio Belaka

Related Posts

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

by Radio Belaka
श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

by Radio Belaka
राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल
राजनीति

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

by Radio Belaka
बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न
राजनीति

बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

by Radio Belaka
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन
राजनीति

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन

by Radio Belaka
Next Post
तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

किरात खालिङ राईको तेश्रो जिल्ला अधिबेशन सम्पन्न।

साफ महिला च्याम्पियनसिको फाइनलमा नेपाल

साफ महिला च्याम्पियनसिको फाइनलमा नेपाल

Don't miss it

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक
खेलकुद

तेश्रो बेलका गोल्ड कप फुटबल प्रतियोगिताको मिति सार्वजनिक

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने
राजनीति

श्रीलंका टप्पु कटान नियन्त्रणका लागि तत्काल १ करोड रुपैयाँ विनियोजन गरिने

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का
राजनीति

सप्तकोसी कटान र कबुलियती वन पीडितको गुनासो सुन्दै डा. खड्का

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन
खेलकुद

दोस्रो किरात चौक कप-२०८३ सम्पन्न, रियल डुम्रीबोटे च्याम्पियन

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु
जीवन शैली

बेलका नगरपालिकामा ‘सुरक्षित सडक अभियान’ सुरु

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

श्रम संस्कृति महा-अभियान कतारको आन्तरिक प्रशिक्षण कार्यक्रम सम्पन्न

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly