Wednesday, April 22, 2026
Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home राजनीति

बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

Radio Belaka by Radio Belaka
३ महिना अगाडि
in राजनीति
0
बेलकामा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२५ पुष, बेलका / उदयपुरको बेलका नगरपालिका-रामपुरमा बिहीबार नेपाली कम्युनिस्ट पार्टीको नगरस्तरीय ‘एकता सन्देश सभा’ सम्पन्न भएको छ। साबिकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत एक दर्जन वामपन्थी दल र समूह मिलेर गठन भएको नेकपाले केन्द्रदेखि स्थानीय तहसम्म एकता सन्देश सभाहरू सञ्चालन गरिरहेको छ।

सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले नेपाली विशेषताको समाजवाद स्थापनाका लागि बृहत् वाम एकता आवश्यक रहेको बताए। उनले भ्रष्टाचार, कुशासन र देशको सम्पत्ति लुट्ने प्रवृत्तिको विरुद्ध पार्टी दृढतापूर्वक उभिने स्पष्ट पारे। मजदुर, किसानलगायत सबै वर्गको जीवनस्तर उकास्नु र भ्रष्टाचार नियन्त्रण गर्नु नै नेपाली विशेषताको समाजवाद भएको उनको भनाइ थियो।

You might also like

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका-७ मा संगठन विस्तार

यस्तै, केन्द्रीय सदस्य बलदेव चौधरीले नेपाली कम्युनिस्ट पार्टी एउटा आन्दोलनबाट जन्मिएको पार्टी भएको उल्लेख गर्दै भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा उच्चपदस्थ अधिकारीहरू सुध्रिनुपर्ने बताए। जेन-जीको भावनाअनुसार कम्युनिस्ट शक्तिहरूबीच एकता गरिएको भन्दै नेपालको परिवर्तन नेकपाले नै गर्न सक्ने दाबी गरे।

केन्द्रीय सदस्य सुरेश कुमार राई हिमालले जनयुद्ध, सशस्त्र संघर्ष र जनआन्दोलनबाट आएका शक्तिहरूबीचको एकताले कम्युनिस्ट आन्दोलनलाई नयाँ जीवन दिएको बताए। नेकपाले सुशासनसहित वैज्ञानिक समाजवादी क्रान्तिको पक्षमा समृद्ध नेपाल निर्माणको अभियान अघि बढाउने उनको भनाइ थियो।

पार्टीका बेलका नगर संयोजक रामकुमार कुवरको अध्यक्षतामा सम्पन्न सभामा विभिन्न गाउँठाउँबाट पार्टी सदस्य तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

Previous Post

बेलकामा श्रीमानद्वारा छुरा प्रहारपछि श्रीमतीको मृत्यु,आत्महत्याको प्रयास

Next Post

इलाम साङरुम्बा भेट्रान कप: बेलका भेट्रान एफसी सेमिफाइनल प्रवेश

Radio Belaka

Radio Belaka

Related Posts

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल
राजनीति

राष्ट्रिय सभामा नेपाली कांग्रेस पहिलो ठुलो दल

by Radio Belaka
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन
राजनीति

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका नगर समिति गठन

by Radio Belaka
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका-७ मा संगठन विस्तार
राजनीति

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको बेलका-७ मा संगठन विस्तार

by Radio Belaka
बेलका – ८ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन
राजनीति

बेलका – ८ मा श्रम संस्कृति पार्टीको वडा कमिटी गठन

by Radio Belaka
हर्क साङपाङ ए रिभोलुसन टिम द्वारा कतारमा संगठन निर्माण, संयोजकमा सुबास खालिङ राई
राजनीति

हर्क साङपाङ ए रिभोलुसन टिम द्वारा कतारमा संगठन निर्माण, संयोजकमा सुबास खालिङ राई

by Radio Belaka
Next Post
इलाम साङरुम्बा भेट्रान कप: बेलका भेट्रान एफसी सेमिफाइनल प्रवेश

इलाम साङरुम्बा भेट्रान कप: बेलका भेट्रान एफसी सेमिफाइनल प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

बेलका नगरपालिकाको १७औँ नगरसभा सम्पन्न

बेलका नगरपालिकाको १७औँ नगरसभा सम्पन्न

Don't miss it

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै
खेलकुद

नवौं गोलबजार गोल्डकपको उपाधिका लागि ब्रदरहुड फुटबल क्लब उदयपुर र सलहेश युवा क्लब सिराहा भिड्दै

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु
खेलकुद

देउरालीमा दोस्रो देउराली कप भलिबल प्रतियोगिता सुरु

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न
मनोरञ्जन

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

बेलका नगरपालिकाको एक बिधालयमा ८ लाख बढी रकम हिनामिना, मृतक प्रधानाध्यापककै नाममा गायब
शिक्षा

बेलका नगरपालिकाको एक बिधालयमा ८ लाख बढी रकम हिनामिना, मृतक प्रधानाध्यापककै नाममा गायब

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly