मंसिर २७, बेलका । उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ३ स्थित नया टोलको भित्री सडक खण्डमा, हिजो साँझ अन्दाजी ६:३० बजेको समय आसपास सडक छेउमा एक जना मानिस लडिरहेको अवस्थामा स्थानिय बासीले देखेका थिए।उक्त ब्यक्ती स्थानिय निवासी १६ बर्षिय समिर माझी भन्ने थाहा पाए पछी ईलाका प्रहरी कार्यालय रामपुरमा खबर गरी उक्त घाईते लाई उद्दार गरी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको थियो । हस्पिटलमा पुर्याउन साथ डाक्टरले मृ*त घोषणा गरेको बताईएको छ।
प्रहरी श्रोत अनुसार एउटा On Test ट्रयाक्टर लाई आशंका गरी नियन्त्रणमा लिईएको र उक्त ट्रयाक्टर स्थानियबासी बिक्रम पाण्डेको भन्ने स्थानियले बताएका छन। ट्रयाक्टर चालक सम्पर्क बिहिन भैई फरार अवस्थामा रहेको छ भने पिडित परिवारले दोषी लाई कानुनी दायरामा नल्याए सम्म शब लाई जिम्मा नलिने बताएका छन। अहिले उक्त शब धरान स्थित घोपामा राखिएको छ भने प्रहरी द्वारा थप अनुसन्धान भैईरहेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी हवल्दार एल्जिना कार्कीले बेलका एफ.एम. लाई बताउनु भयो ।











