मंसिर २८ बेलका । मिति २०८२।०८।२६ गते १८:३० बजे बेलका नगरपालिका वडा नं.३ नयाँ टोल स्थित भित्री सडक खण्डमा ट्रयाक्टर दुर्घटनामा परी बेलका नगरपालिका वडा नं.३ स्थायी निवासी बावुराम माझिको छोरा बर्ष १६ को समिर माझीको मृत्यु भएको थियो ।
सोही घटनाको विषयलाई लिई पीडितको आफन्तको किटानी जाहेरी तथा सोही स्थानका स्थानीयबासीद्वारा तत्काल दुर्घटना गराउने सवारी साधन सहित चालकलाई खोज तलास गरी पक्राउ गर्नुपर्ने माग सहित स्थानीय बासीहरु जम्मा भई मिति आज १३:२५ बजेबाट मदन भण्डारी लोकमार्ग अवरोध गरेकोमा प्रारम्भिक अनुसन्धान तथा पीडितको आफन्तको किटानी जाहेरीको आधारमा बेलका नगरपालिका वडा नं.३ कालिखोला बस्ने बिक्रम पाण्डेको ONE TEST ट्याक्टर चालक वर्ष २२ को बिशाल पाण्डेलाई पक्राउ गरी फोटो सार्बजनिक गर्दै थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ ।
चालक बर्ष २२ का बिशाल पाण्डे लाई भोली ईलाका प्रहरी कार्यालय रामपुरमा उपस्थिति गराउने सर्त सहित ट्रयाक्टर धनि बिक्रम पाण्डेलाई पनि पक्राउ गरी सार्बजनिक गर्ने प्रहरी प्रशासन संगको समझदारीमा अवरोध राजमार्ग १६:३० बजेबाट सुचारु भएको हो।












