Sunday, June 21, 2026
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home समाचार

बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै

Radio Belaka by Radio Belaka
२ महिना अगाडि
in समाचार
0
बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२३ बैशाख, बेलका / उदयपुरको बेलका नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि प्रक्रिया तीव्र बनाएको जनाएको छ। नगर कार्यपालिकाको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार विभिन्न निकायसँग समन्वय गरी जग्गा व्यवस्थापन तथा लालपुर्जा वितरणको काम अघि बढाइएको हो।

जिल्ला प्रशासन कार्यालय उदयपुर तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको पत्राचारपछि नगरपालिकाले सम्बन्धित कार्यालयहरूलाई आवश्यक विवरण उपलब्ध गराउँदै नागरिकको जानकारीका लागि सार्वजनिक सूचना जारी गरेको जनाएको छ।

You might also like

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र

नगरपालिकाका अनुसार क्षेत्रभित्रका सार्वजनिक तथा सरकारी जग्गामध्ये ठूलो हिस्सा ऐलानी तथा उपयोगविहीन अवस्थामा रहेकाले लामो समयदेखि बसोबास गर्दै आएका नागरिकहरूलाई व्यवस्थापन गर्ने प्रयास भइरहेको छ। सो क्रममा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको लगत संकलन, नापी तथा प्रमाणीकरण कार्य अघि बढाइएको छ।

हालसम्म सयौँ निवेदन संकलन भई दर्ता प्रक्रिया अगाडि बढाइएको छ भने केही वडाहरूमा डिजिटल नापीसमेत सम्पन्न भइसकेको छ। नगरपालिकाले दिएको जानकारीअनुसार विभिन्न वडामा भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई आवास प्रयोजनका लागि जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

त्यसैगरी, अव्यवस्थित बसोबासीहरूको हकदाबी सम्बन्धी सूचना प्रकाशन भई उनीहरूको जग्गा व्यवस्थापन तथा लालपुर्जा तयारीका लागि भूमि आयोगमा फाइल पेश गर्ने प्रक्रिया जारी रहेको छ।

नगरपालिकाले ४० वर्षभन्दा बढी समयदेखि ऐलानी, पर्ति तथा नदी उकास जग्गामा बसोबास गर्दै आएका नागरिकहरूको स्थायी व्यवस्थापन गर्ने लक्ष्य राखेको छ। साथै, सार्वजनिक तथा सरकारी जग्गामा बनेका संरचनाहरूको व्यवस्थापनसमेत कानुनी प्रक्रिया अनुसार अघि बढाइने जनाएको छ।

नगर प्रमुखले नगरवासीलाई दीगो बसोबास सुनिश्चित गर्न जग्गा धनी प्रमाणपत्र उपलब्ध गराउनेतर्फ नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै यस कार्यमा सम्बन्धित सबै निकायबाट सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन्।

Previous Post

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

Next Post

बेलकाका दुई विद्यालयका – ४ जेहेन्दार विद्यार्थीलाई IFN को पूर्ण छात्रवृत्ति

Radio Belaka

Radio Belaka

Related Posts

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

by Radio Belaka
बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु
समाचार

बेलकामा गुडीरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय बालकको मृत्यु

by Radio Belaka
इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र
समाचार

इनिसा बि.क. हत्या प्रकरणमा न्यायको माग राख्दै बेलकामा पनि ज्ञापनपत्र

by Radio Belaka
काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना
समाचार

काठमाण्डू बाट धरान जादै गरेको हायस दुर्घटना

by Radio Belaka
फेरीबाट तार्ने क्रममा दुधकोशी नदीमा बस खस्दा सवारी साधनमा क्षति
समाचार

फेरीबाट तार्ने क्रममा दुधकोशी नदीमा बस खस्दा सवारी साधनमा क्षति

by Radio Belaka
Next Post
बेलकाका दुई विद्यालयका – ४ जेहेन्दार विद्यार्थीलाई IFN को पूर्ण छात्रवृत्ति

बेलकाका दुई विद्यालयका - ४ जेहेन्दार विद्यार्थीलाई IFN को पूर्ण छात्रवृत्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

Betterment Moves Beyond Robo-Advising with Human Financial Planners

सप्तकोसीको किनारबाट १८० kg गाँजा बरामद

सप्तकोसीको किनारबाट १८० kg गाँजा बरामद

Don't miss it

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई
खेलकुद

बेलका ८ को छैठौं नकाउट पुरुष वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ को उपाधि पन्चकन्या फुटबल क्लबलाई

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल
स्थानीय तह

विद्युत् समस्या समाधानका लागि नगरप्रमुख कार्कीको सक्रिय पहल

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई
खेलकुद

प्रथम स्वर्गीय नवीन राई स्मृति कपको उपाधि बेलका-६ तित्रीबोटेलाई

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु
खेलकुद

प्रथम स्वर्गीय नवीन राई भलिबल स्मृति कप २०८३ सुरु

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly