अजम्बर पुलामी-
२६, मंसिर,बेलका / उदयपुरको रामपुरमा चलिरहेको रामपुर मिनि महोत्सव–२०८२ मा लोकप्रिय नायक पल शाह सहभागी हुने भएका छन्।
बेलका उद्योग वाणिज्य संघको आयोजनामा संचालित महोत्सवमा मंसिर २७ गते शनिबार नायक शाहको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ। दर्शकको अत्यधिक मागका कारण नायक शाहलाई कार्यक्रममा बोलाइएको आयोजक पक्षले जनाएको छ।
शनिबारको कार्यक्रममा पल शाहसँगै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको पनि प्रस्तुति रहनेछ। महोत्सवमा दैनिक रूपमा दर्शकको उपस्थिति बढिरहेकै समयमा नायक शाह आउने खबरले टिकट बिक्री झनै बढेको आयोजकले जानकारी दिएको छ।
अन्य दिनको तुलनामा शनिबार दर्शकको संख्या धेरै बढ्ने अपेक्षा आयोजकले गरेको छ।










