मंसिर १९, बेलका । दोस्रो उप–मेयर कप जिल्ला स्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिता २०८२ को उपाधी त्रियुगा नगरपालिका गाईघाटले उचालेको छ।बेलका नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको यस खेलमा गाईघाटले टस जितेर बलिङ गरेको थियो।कटारीले दिएको ९५ रनको तार्गेट १५ ओभरको क्षतिमा ५ विकेटले सहज जित निकालेको हो।
नगर युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष गोपिलाल राईको अध्यक्षतामा सम्पन्न खेलमा प्रमुख अतिथि बेलका नगरपालिकाका प्रबक्ता तथा वडा नं ३ का वडाध्यक्ष टंक प्रसाद आचार्य,नगर प्रमुखका स्वकिय सचिब मोहन कार्की,बेलका एफ.एमका अध्यक्ष महेन्द्र राई,बुद्द एकता क्लबका अध्यक्ष धनकुमार राई,नगरको प्रेस संयोजक ध्रुब कोईराला,वडा नं ७ लामीडाँडाका प्रधानाध्यापक भक्त खालिङ,पत्रकार लगायत क्रिकेट प्रेमीहरुको उपस्थिति रहेको थियो।
बिजेता टोली गाईघाटले नगद रु. ३५,०००/- शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उप–बिजेता कटारीले नगद रु. २०,०००/- सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेकोछ । त्यसै गरी बिधागत पुरुस्कार तर्फ आजको खेलमा म्यान अफ द म्याच गाईघाटका सुयोग कार्की,बेस्ट बलर तर्फ गाईघाटका सुनिल आचार्य,बेस्ट फिल्डर तर्फ कटारीका निमेस अधिकारी, बेस्ट ब्यास्टम्यान तर्फ गाईघाटका अविनास अधिकारी, राईजिङ प्लेयर तर्फ बेलकाका निश्चल अधिकारी र बेस्ट प्लेयर टुर्नामेन्ट तर्फ गाईघाटका अविनास अधिकारीले प्राप्त गरेकाछन ।
बेलका नगरपालिका वडा नं ६ स्थित लेकाली रंगशालामा आज सम्पन्न औपचारिक कार्यक्रमको सन्चालन सचिब दिपेन राना मगरले गर्नुभएको थियो।













