अजम्बर पुलामी-
१९ मंसिर, बेलका | बेलका नगरपालिका–९, रामपुरस्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा शुक्रबार संस्थाकै कार्यालय प्राङ्गणमा सम्पन्न भएको छ।
कार्यक्रम अध्यक्ष कल्पना रेग्मी राउतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बेलका नगर उप–प्रमुख जिरा राई प्रमुख अतिथि तथा वडा नं. ९ का अध्यक्ष भरत घिमिरे विशेष अतिथि रहनु भएको थियो। सभामा संस्थाका नीति–कार्यक्रम, वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरू प्रस्तुत गरिएको थियो। यस्तै लेखा समिति संयोजक गंगा श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो।
सहकारीले २० जना एकल महिला सदस्यलाई सम्मान गरेको छ। साथै विभिन्न क्षेत्रबाट उत्कृष्ट योगदान पुर्याउने सदस्यहरू तथा SEE परीक्षामा उत्कृष्ट GPA ल्याउने विद्यार्थीहरूलाई रकमसहित सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रम संचालन संस्थाका प्रबन्धक शान्ता कुमारी अधिकारीले गर्नुभएको थियो।













