बेलका नगरपालिका–१, आम्बासीमा सहयोगी युवा हातहरु द्वारा आयोजित तथा ह्याप्पी क्लब सह–आयोजक रहने गरी ‘प्रथम आम्बासी मिनी महोत्सव–२०८२’ भव्य रुपमा आयोजना हुने भएको छ।
महोत्सव २०८२ मंसिर २१ गते देखि बेलका नगरपालिका १ आम्बासीमा सञ्चालन हुने चर्चा भएता पनि बिबिध प्राबिधिक कारणले गर्दा भोलि मंसिर २२ गते देखी एक औपचारिक कार्यक्रम गरी सुरु हुने आयोजकले जानकारी गराएको छ।
कार्यक्रममा राई ईज किङ (राजेसपायल राई) सुगम पोखरेल,शिव परियार,अनु चौधरी, तिर्सना गुरुङ,हास्य कलाकार विल्सन बिक्रम राई,एलिना चौहान,उर्गेन दोङ,सन्नु कुमार,रचना रिमाल रहने छन भने अझ मेलाको थप आकर्षणको रुपमा ISTRI’S BAND लगायत स्थानिय तथा राष्ट्रिय,अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त लोकप्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएकोछ।
आयोजकका अनुसार महोत्सवले स्थानीय कला,संस्कृतिको संरक्षण, युवा सहभागितामा वृद्धि तथा सामुदायिक एकता मजबुत साथै आफ्नो स्थानिय ठाउको पहिचान दिन योगदान गर्ने उद्देश्य राखिएको छ। स्थानीय संघ–संस्थाहरू, क्लब तथा समुदायको सहभागितामा आयोजना हुन लागेको यो कार्यक्रमले स्थानिय पर्यटनका लागी आम्बासी विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।











