
१२ फागुन २०८० – बेलका। मैनामैनी सव डिभिजन वन कार्यलय स्तरीय समन्वय बैठक आज बसेको छ। श्री डिभिजन वन कार्यलय गाईघाट उदयपुरको आयोजना तथा सव डिभिजन वन कार्यलय मैनामैनीको संयोजकमा बेलका ८ डुड्खोलामा उक्त बैठक बसेको हो।
बैठकमा डिभिजन वन कार्यलय उदयपुर, सव डिभिजन वन कार्यलय मैनामैनी, वडा अध्यक्षहरु, सुरक्षा निकाय, वन समितिका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो। बैठकले पाँच वटा प्रस्तावहरु माथी छलफल गरि निर्णय समेत गरेको छ।
बैठकका प्रस्ताव तथा निर्णयहरु अन्तर्गत (१) वन संरक्षण सम्बन्धमा (२) आगलागी नियन्त्रण सम्बन्धमा (३) सा. व. उ.स. हरुको स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धमा र (५) विविध गरि पाँच वटा प्रस्ताव माथी छलफल गरि निर्णय पास पारित गरेको हो।