जयराम पुर्वछाने –
१९ पुष, बेलका / सामुदायिक वनमा जलवायु उत्थानशील दिगो वन व्यवस्थापन तथा जलवायु उत्थानशील भू-उपयोग योजनाहरू तर्जुमा गर्ने उद्देश्यका साथ बेलका नगरपालिकामा दुई दिने गोष्ठी सम्पन्न भएको छ।
पौष १८ र १९ गते बेलका नगरपालिका-५ स्थित रानि पधेरा सामुदायिक वन उपभोक्ता समिति वनमा सम्पन्न गोष्ठीमा ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो। गोष्ठीमा रानि पधेरा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। स्थानीय समुदायमा अाधारित सङघ सस्थाहरुकाे क्षमता विकासकाे लागि गाेष्टिहरु अायाेजना गरिएको हाे।

चुरे उत्थानशील आयोजना प्रदेश व्यवस्थापन इकाइ, कोशी प्रदेश इटहरीको आयोजनामा सम्पन्न गोष्ठीमा परियोजनाका एलआरपी अमर श्रेष्ठ र रेकुका कार्कीले सहजीकरण गर्नुभएको थियो।
गोष्ठीमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर राईले चुरे संरक्षण वन समितिको प्रमुख दायित्व रहेको विषयमा जानकारी प्राप्त भएको बताउनुभयो। सचिव सन्तोष निरौलाले वन डढेलो तथा अवैध फडानी नियन्त्रणमा गोष्ठी उपयोगी हुने धारणा व्यक्त गर्नुभयो।
रानि पधेरा सामुदायिक वन उपभोक्ता समितिमा २ सय १० घरधुरी आबद्ध छन् भने १ सय २ हेक्टर क्षेत्रफलमा फैलिएको वन रहेको छ।
काेशि प्रदेशका ५ वटा जिल्लामा १३ नदि प्रणालि अन्तरगत चौदण्डीगढी नगरपालिकाका,बेलका नगरपालिका लगायतकाे पालिकाहरुमा यस्ता कार्यहरु सञ्चालन गरि रहेका छन् ।














