अजम्बर मगर
कात्तिक १६, बेलका / उदयपुरको बेलका नगरपालिकामा प्रमाणित कार्बन मापदण्ड (Verified Carbon Standard – VCS) सम्बन्धी स्थानीय सरोकारवालासँग परामर्श गोष्ठी सम्पन्न भएको छ।
“हिमाली मुलुकमा वन जैविक विविधताको सुधार : समुदायमा आधारित जैविक विविधता तथा कार्बन सुधार परियोजना” अन्तर्गत आयोजित उक्त गोष्ठी २०८२ कात्तिक १६ गते बेलका नगरपालिका–७ रामपुरस्थित आदिवासी जनजाति हलमा सम्पन्न भएको हो।
कार्यक्रमको आयोजना ForestAction Nepal र Value Network Ventures को सहकार्यमा गरिएको थियो। गोेष्ठीमा वन जैविक विविधताको संरक्षण, सामुदायिक वन व्यवस्थापनमा कार्बन सुधार, र दिगो विकासका लागि स्थानीय समुदायको भूमिकाबारे छलफल तथा सुझाव संकलन गरिएको थियो।
कार्यक्रममा नगरप्रमुख अशोक कार्की, राष्ट्रिय चुरे संरक्षण आयोजना प्रमुख किरण पौडेल, डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठ, वडा नं. ९ का अध्यक्ष भरत घिमिरे लगायत चौदण्डीगढी र त्रियुगा नगरपालिकाका सरोकारवाला व्यक्तित्वहरू, सामुदायिक वनका प्रतिनिधि तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।













