अजम्बर पुलामी-
कात्तिक १६, बेलका / बेलका नगरपालिका – ७ मैनामैनीमा साकेला शिली (नृत्य) प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ। आफ्नै संस्कृति, कला र पहिचानको संरक्षण, सम्बर्द्धन तथा भावी पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यका साथ दक्ष तथा अनुभवी शिली माङपा द्वारा सो प्रशिक्षण निशुल्क रूपमा सञ्चालन गरिँदैछ।
प्रशिक्षण आगामी मङ्सिर १ गतेदेखि १८ गतेसम्म माध्यमिक विद्यालय मुलगाउँमा हुने जनाएको छ। त्यसैगरी, मङ्सिर १९ गते उधौली चाडको अवसरमा राष्ट्रिय कलाकारहरूद्वारा साकेला शिली प्रदर्शन र कन्सर्ट कार्यक्रम समेत आयोजना गरिनेछ।
कार्यक्रमका प्रायोजकमा समाजसेवी तथा पूर्व प्रहरी निनाम हाङ राई र पर्वतारोही, समाजसेवी तथा स्वास्थ्यकर्मी जालन राई रहेका छन्। कार्यक्रमको मिडिया पार्टनर रेडियो बेलका एफएम १००.९ मेघाहर्ज रहेको छ। साकेला शिली सिक्न इच्छुक महानुभावहरूले आयोजक समितिका सम्पर्क व्यक्तिहरूलाई सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्न अनुरोध गरिएको छ।














