कात्तिक २५, बेलका । बेलका नगरपालिका ९, रामपुरमा अवस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औं एकिकृत बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाको आफ्नै हलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष गणेश बस्नेतले गर्नु भएको थियो भने प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कुन)का सन्चालक शालिकराम ढकाल रहनुभएको थियो।
कार्यक्रममा संस्थाको प्रगती प्रतिबेदन अध्यक्ष गणेश बस्नेत,लेखा प्रतिबेदन कुमार राई ,लेखापरीक्षकको प्रतिबेदन र आर्थिक गतिविधि बारे कोषाध्यक्ष मोहन प्रसाद घिमिरेले राख्नु भयो ।
संस्थाले असार मसान्त सम्ममा ३८ करोड १८ लाख बराबरको कारोबार गरि ९२ लाख ८२ हजार नाफा गरेको र हाल संस्थाको कुल कारोबार ४१ करोड बराबर रहेको उल्लेख गरिएको छ ।
प्रमुख अतिथि ढकालले कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा सहकारी संस्था केवल वित्तीय कारोबारको माध्यम होइन, यो समुदायिक एकता, विश्वास र साझा समृद्धिको आधार हो। सहयोगी बचत तथा ऋण सहकारी संस्थाले १६ वर्षको यात्रामा जुन निरन्तरता र पारदर्शिता देखाएको छ, त्यसले सहकारी क्षेत्रलाई नयाँ ऊर्जा दिएको छ। आगामी दिनमा अझ सशक्त सेवा र सदस्यहरूको आर्थिक सशक्तिकरणमा संस्था अग्रणी रहोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
यसै गरी संस्थाको इकाई साधारण सभा २०८२ कार्तिक १९ गते देखि २१ गते सम्म ८ स्थानमा इकाई भेला सम्पन्न गरि आज निर्णय प्रमाणीकरण गरेकोछ भने संस्थाको बस्तु तथा सेवा उपभोग गरि उत्कृष्ट हुने सदस्य र कर्मचारी गरि १२ जनालाई सम्मान गरिए थियो ।
कार्यक्रममा बिशेष अतिथि बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत,जनप्रतिनिधि,सुरक्षाकर्मी,पत्रकार,बित्तिय संस्थाका अध्यक्ष तथा प्रतिनिधि,संस्थाका संस्थापक पदाधिकारी, संस्थाका समिती सदस्यहरु,उपसमिति र इकाई सभाका प्रतिनिधिहरु गरि १२९ जनाको उपस्थिति रहेको थियो ।त्यसै गरी कार्यक्रममा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष छाया राईले राख्नु भयो भने सचिब दमन कटवालले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।













