
२२ मङ्सिर – बेलका। बेलका नगरपालिकामा लैंङ्गिक हिंसा निवारण कोषबाट हिंसा प्रभावित ११ जनालाई जिविकोपार्जनको लागि सहयोग रकम वितरण गरेको छ। बेलका नगरपालिका र ओरेक नेपालको सहयोगमा बेलका नगरपालिकाको सभा हलमा आज उक्त रकम वितरण गरेको हो।
बेलका नगर उप प्रमुख जिरा राई को अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, सुरक्षा निकाय लगायतको उपस्थिति रहेको थियो।
बेलका नगर उप प्रमुख जिरा राई ले अहिले बेलका नगरपालिकाले लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन गरिरहेको भन्दै बेलका नगरपालिकामा कहि कतै पनि हिंसाको खबर सुन्न नपरोस् र कसैले हिंसा झेल्न नपरोस्, यदि हिंसा भएमा त्यसको लागी आफू सधैं जनता संग साथमा रहेको बताउनु भयो।
