बैशाख २१, बेलका । उदयपुर जिल्ला बेलका नगरपालिकाको वडा नं ७ बाखामचेङ भन्ज्याङ मा एक कार्यक्रम गरी मुन्दुम पद मार्गको बेलका नगरका नगर प्रमुख अशोक कार्की र उप प्रमुख जिरा राईले संयुक्त रुपमा शिलन्यास गर्नुभयो ।
मुन्दुम पद मार्ग सुनसरी र उदयपुरको सिमानामा पर्ने कोशी नदीको १७ नं झोलुङगे पुल देखी सुरु भै कोसोपा-खुदी-करम चौतारा-रमिते डाँडा-बाखामचेङ भन्ज्याङ-मैनारानी मन्दीर-बाछाना चौक-बाखाबुवा-चुहार हुदै भोजपुरको आमचोक जोडिने छ। स्विस सरकारको ५४ प्रतिशत,प्रदेश पर्यटन,बन तथा बाताबरण मन्त्रालय र स्थानिय सरकारको ४६ प्रतिशतको साझेदारीमा निर्माण हुने पदमार्ग यही आर्थिक बर्ष ८१/८२ भित्र सम्पन्न गरिनेछ ।
शिलन्यास गर्दै नगर प्रमुख कार्कीले स्थानिय श्रोत,साधन,कला र संस्कृति लाई सदुपयोग गर्दै किरात इतिहास,सभ्यता र स्थानिय पर्यटनको बिकास हुनेमा बिस्वास ब्यक्त गर्नुभयो। कार्यक्रममा वडा नं १ का वडाध्यक्ष दिनेश्वर चौधरी,वडा नं ७ का वडाध्यक्ष निकेस राई,वडा सदस्यहरु,बेलका नगर भुमी आयोगका प्रमुख मनिसा राई,स्थानिय प्रहरीका प्रतिनिधि,पत्रकार, सरोकारवाला ब्यक्ति हरुको उपस्थिति रहेको थियो।
उक्त योजना मुन्दुम निर्माण तथा पुन:निर्माण उपभोक्ता समिति बेलका ७ ले सम्पन्न गर्ने छ।