असार ६ – बेलका। “शान्ति, सुरक्षा प्रतिबद्धता” भन्ने मूल नारालाई आत्मसात गर्दै आज सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस क्याम डुड्खोलाका सशस्त्र प्रहरी निरीक्षक नरेश चौधरीको सरुवा–बिदाइ (फेरि भेटौंला) कार्यक्रमको अवसरमा फलफूलका बिरुवाहरू रोपेर वातावरण संरक्षणप्रति प्रतिबद्धता व्यक्त गरिएको
कार्यक्रममा बेलका नगरपालिकामा सक्रिय लघुवित्त वित्तीय संस्थाहरू महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, फरवार्ड लघुवित्त वित्तीय संस्था, सपोर्ट लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था, नेशनल लघुवित्त वित्तीय संस्था र नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको उल्लेखनीय सहकार्य रहेको थियो।
उक्त संस्थाहरूको सहकार्यमा सशस्त्र प्रहरी बेस क्याम डुड्खोलाको परिसरमा फलफूलका विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको हो। जसमा सुपारी १०, आँप २, लिची २, एभोकाडो र अम्बा ६ गरि जम्मा २१ वटा वृक्षरोपण गरिएको महुली लघुवित्त बित्तिय संस्था लिमिटेड, रामपुरका शाखा प्रमुख निर्मल सिं राई ले बताए।
उक्त कार्यक्रमले सशस्त्र प्रहरी र समुदायबीचको समन्वय, सहकार्य र पर्यावरणीय चेतनाको सशक्त सन्देश दिएको बताइएको छ।
कार्यक्रमको अन्त्यमा सहभागी सबैले “नेतृत्व परिवर्तन भए पनि सदैव सहकार्य रहिरहोस्” भन्ने अभिव्यक्ति व्यक्त गरेका थिए, जसले भावी सहकार्यको मार्गलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको