बैशाख २८, बेलका । बेलका नगरपालिकामा लागु औषध दुर्व्यशन बिरुद्द सचेतना कार्यक्रम सुरु भएको छ। नगरपालिकाको ८ नं वडा स्थित महाकाली मा.बी चम्पापुर बाट आज एक कार्यक्रम गरी नगर प्रमुख अशोक कार्कीले ब्यानर पढेर औपचारिक रुपमा उदघाटन गर्नु भएको हो।
”आर्थिक,सामाजिक र भौतिक पुर्वाधार
बेलका नगर बिकासको प्रमुख आधार” भन्ने मुख्य नारा सहित सुरु गरिएको कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख कार्कीले आगामी दुई बर्ष भित्र लागुऔषध मुक्त पालिका घोषणा गर्ने बताउनु भएको छ।
बिशेष गरेर पछिल्लो समय बेलका नगरपालिका र आसपासका क्षेत्रमा लागुऔषधको प्रयोग तथा कारोबार बढेको कारण प्रत्येक स्कुल हरुमा दुर्व्यशन बिरुद्दको सचेतना कार्यक्रम गरिने भएको छ।
कार्यक्रममा बेलका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रबिकिरण आचार्य, स्कुलका प्राध्यानाध्यापक हुकुम राई, ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक मौसम उदास,शिक्षक-शिक्षिका,बिधार्थी साथै पत्रकार हरुको उपस्थिति रहेको थियो।
तिर्थ प्रसाद पराजुली, मिलन रम्तेल र बिजय राई ले सहभागी बिधार्थी हरु लाई प्रशिक्षण दिएका छन भने कार्यक्रम सन्चालन सुमन सागर खतिवडाले गरेका थिए।













