Saturday, May 9, 2026
Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home शिक्षा

बेलकाका दुई विद्यालयका – ४ जेहेन्दार विद्यार्थीलाई IFN को पूर्ण छात्रवृत्ति

Radio Belaka by Radio Belaka
१८ घण्टा अगाडि
in शिक्षा
0
बेलकाका दुई विद्यालयका – ४ जेहेन्दार विद्यार्थीलाई IFN को पूर्ण छात्रवृत्ति
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

अजम्बर पुलामी –

२५ बैशाख, बेलका / उदयपुरको बेलका नगरपालिका-६ स्थित Infinity Foundation Nepal (IFN) ले श्री जनता माध्यमिक विद्यालय, लामीडाँडा तथा श्री जनता माध्यमिक विद्यालय, पुमारेथुम्काका २/२ जना जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।

You might also like

जनता नमुना मावि गुरुङचौरीमा सर्पदंश सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुने

बेलका नगरपालिकाको एक बिधालयमा ८ लाख बढी रकम हिनामिना, मृतक प्रधानाध्यापककै नाममा गायब

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

शैक्षिक प्रोत्साहन तथा विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले फाउन्डेसनले नेपालका विभिन्न सरकारी विद्यालयहरूमा विशेष कार्यक्रम आयोजना गर्दै छात्रवृत्ति वितरण तथा अन्तर-सदन हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको हो ।

दक्षिण कोरियामा रहनुभएका फाउन्डेसनका संस्थापकद्वय प्रतीक राई तथा कुशल खड्का को मार्गदर्शनमा IFN ले नेपालभरिका सरकारी विद्यालयहरूमा विभिन्न शैक्षिक, सामाजिक तथा प्रेरणामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सानो उमेरमै समाज सेवाको परिकल्पना तथा नेपालको शिक्षा प्रणालीलाई परिवर्तन गर्ने सपना रहेकोे राईले बताए ।

श्री जनता माध्यमिक विद्यालय, लामीडाँडामा आयोजित कार्यक्रम IFN की उपाध्यक्ष सुर्णाना चाम्लिङको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा कक्षा ४ का आयुष राई र कक्षा ३ की अनिता मगरलाई छात्रवृत्ति प्रदान गरिएको थियो । IFN का उपाध्यक्ष अभिषेक राईका अनुसार उत्कृष्ट शैक्षिक नतिजा र अनुशासित व्यवहारका आधारमा उनीहरूलाई छनोट गरिएको हो ।

छात्रवृत्ति अन्तर्गत विद्यार्थीहरूले चालु शैक्षिक सत्रको ट्युसन शुल्क, परीक्षा शुल्क, विद्यालय पोसाक, शैक्षिक भ्रमण शुल्क, झोला, जुत्ता-मोजाका साथै वर्षभरि आवश्यक पर्ने शैक्षिक सामग्री प्राप्त गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि समाजसेवी लालबहादुर राई, विशेष अतिथि अभिषेक राई, विद्यालयका प्रधानाध्यापक भक्तबहादुर राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथबहादुर राई, IFN का संस्थापक प्रतीक राईकी आमा हिरा राई लगायत शिक्षक तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी, श्री जनता माध्यमिक विद्यालय, पुमारेथुम्कामा आयोजित कार्यक्रममा IFN का अध्यक्ष अभिषेक राईको सभापतित्वमा कक्षा १० की एस्तर मगर र युनिता माझीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । छात्रवृत्ति प्राप्त विद्यार्थीहरूलाई संस्थापक प्रतीक राईका बुबा लालबहादुर राईको विशेष उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको थियो ।

सोही अवसरमा आयोजित अन्तर-सदन हाजिरीजवाफ प्रतियोगितामा अस्ट्रेलिया समूह ८५ अंकसहित प्रथम, अमेरिका समूह ६५ अंकसहित दोस्रो तथा एसिया समूह ४५ अंकसहित तेस्रो भएका छन् ।

यस्तै वक्तृत्वकला प्रतियोगितामा एस्तर मगर प्रथम, गीता राई दोस्रो तथा युनिता राई तेस्रो भएका छन् । विजयी विद्यार्थीहरूलाई शैक्षिक सामग्री र प्रमाणपत्र वितरण गरिएको थियो भने विभिन्न सहयोगी व्यक्तित्वहरूलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बेलका नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष गोपिलाल राई, विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर निरौला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर परियार, मेनेन्द्र चोङ्बाङ, शिक्षिका रमना राई लगायत शिक्षक तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन IFN का प्रतिनिधि बिमोचन लकान्द्रीले गर्नुभएको थियो ।

Previous Post

बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै

Next Post

जनता नमुना मावि गुरुङचौरीमा सर्पदंश सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुने

Radio Belaka

Radio Belaka

Related Posts

जनता नमुना मावि गुरुङचौरीमा सर्पदंश सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुने
शिक्षा

जनता नमुना मावि गुरुङचौरीमा सर्पदंश सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुने

by Radio Belaka
बेलका नगरपालिकाको एक बिधालयमा ८ लाख बढी रकम हिनामिना, मृतक प्रधानाध्यापककै नाममा गायब
शिक्षा

बेलका नगरपालिकाको एक बिधालयमा ८ लाख बढी रकम हिनामिना, मृतक प्रधानाध्यापककै नाममा गायब

by Radio Belaka
बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

by Radio Belaka
युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु
शिक्षा

युनिक शिशु सदन स्कुल द्वारा २४औं बार्षिक खेलकुद सप्ताह सुरु

by Radio Belaka
रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज
शिक्षा

रामपुरमा कोरियन भाषा कक्षा सञ्चालन, ग्रामीण विद्यार्थीलाई सहज

by Radio Belaka
Next Post
जनता नमुना मावि गुरुङचौरीमा सर्पदंश सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुने

जनता नमुना मावि गुरुङचौरीमा सर्पदंश सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

गाईघाटमा सुरु भयो दोस्रो प्रदेश स्तरीय खाना परिकार मेला

गाईघाटमा सुरु भयो दोस्रो प्रदेश स्तरीय खाना परिकार मेला

समावेशी पार्कमा एमालेको सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न

समावेशी पार्कमा एमालेको सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न

Don't miss it

जनता नमुना मावि गुरुङचौरीमा सर्पदंश सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुने
शिक्षा

जनता नमुना मावि गुरुङचौरीमा सर्पदंश सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुने

बेलकाका दुई विद्यालयका – ४ जेहेन्दार विद्यार्थीलाई IFN को पूर्ण छात्रवृत्ति
शिक्षा

बेलकाका दुई विद्यालयका – ४ जेहेन्दार विद्यार्थीलाई IFN को पूर्ण छात्रवृत्ति

बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै
समाचार

बेलका नगरपालिकाद्वारा भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागी गम्भिर बन्दै

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु
समाचार

पुरन्दह विद्यालयको ढलान चर्किएपछि पुनः निर्माण सुरु

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन
Uncategorized

श्रम संस्कृति महा-अभियान कतारको प्रथम अधिवेशन सम्पन्न,बेलका निवासी शुक्र कुमार राई (सुवास) सर्वसम्मत अध्यक्षमा चयन

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न
खेलकुद

जिल्ला स्तरीय प्रथम मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३ सम्पन्न

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly