Sunday, June 7, 2026
Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home शिक्षा

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

Radio Belaka by Radio Belaka
२ घण्टा अगाडि
in शिक्षा
0
बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

२३ जेठ, बेलका / बेलका नगरपालिकामा पहिलोपटक नमुना युवा संसद् प्रशिक्षण तथा अभ्यास कार्यक्रम सम्पन्न भएको छ। बेलका नगरपालिकाको आयोजना तथा शिक्षा शाखा रामपुरको समन्वय र सहकार्यमा जेठ २० गतेदेखि बेलकाको सभाहलमा सञ्चालन भएको उक्त कार्यक्रम शनिबार सम्पन्न भएको हो।

नगरपालिकाभित्र रहेका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराई नमुना युवा संसद्को अभ्यास तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा युवाहरूले नेपालको शासन प्रणाली, संसद्को संरचना र सञ्चालन प्रक्रियाबारे व्यवहारिक अभ्यास गरेका थिए। सहभागीहरूले सत्तापक्ष र प्रतिपक्षको भूमिका निर्वाह गर्दै संसद् सञ्चालनको अभ्याससमेत गरेका थिए।

You might also like

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख हरि कट्टेलका अनुसार युवाको नेतृत्व तथा क्षमता विकास, लोकतान्त्रिक अभ्यासप्रति रुचि बढाउने र राज्यलाई युवामैत्री नीति तथा कार्यक्रम निर्माणका लागि सुझाव दिन सक्षम बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। नमुना संसद्ले विद्यार्थीहरूको नेतृत्व विकास, निर्णय क्षमता अभिवृद्धि तथा सार्वजनिक बोलाइ सम्बन्धी सीप विकासमा सहयोग पुग्ने विश्वास लिइएको उनले बताए।

स्थानीय तहमा युवाको सशक्तीकरण गर्दै सामाजिक, राजनीतिक तथा शैक्षिक मूलप्रवाहीकरणमा उनीहरूको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा ३० जनाभन्दा बढी विद्यार्थी सहभागी भएका थिए। उदयपुरका आठवटै स्थानीय तहमध्ये बेलका नगरपालिकामा पहिलोपटक नमुना युवा संसद् गठन तथा अभ्यास गरिएको जनाइएको छ।

कार्यक्रमअन्तर्गत विभिन्न चरण पूरा गरी शनिबार राष्ट्रपति, उपराष्ट्रपति, सभामुख तथा उपसभामुख चयन, सरकार गठन र प्रतिपक्ष निर्माणको अभ्यास सम्पन्न गरिएको थियो। छनोटमा परेका युवाहरूलाई नेतृत्व विकास तथा नमुना युवा संसद् सञ्चालनसम्बन्धी कार्यशालामार्फत प्रशिक्षण प्रदान गरिएको थियो।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख हरि कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिका रूपमा बेलका नगर उपप्रमुख जिरा राईको उपस्थिति रहेको थियो। कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, वडा नं. ३ र ९ का वडाध्यक्ष, प्रशिक्षक रञ्जन पौडेल, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

Previous Post

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु

Radio Belaka

Radio Belaka

Related Posts

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना
शिक्षा

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

by Radio Belaka
SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित
शिक्षा

SEE मा उत्कृष्ट GPA ल्याउने विद्यार्थी सम्मानित

by Radio Belaka
बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न
शिक्षा

बेलका प्याब्सनको आयोजनामा अन्तर संस्थागत विद्यालय स्तरीय हाजिरी-जवाफ प्रतियोगिता सम्पन्न

by Radio Belaka
जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न
शिक्षा

जनता नमुना माध्यमिक विद्यालय गुरुङचौरीमा सचेतनामूलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

by Radio Belaka
जनता नमुना मावि गुरुङचौरीमा सर्पदंश सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुने
शिक्षा

जनता नमुना मावि गुरुङचौरीमा सर्पदंश सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुने

by Radio Belaka

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

  • Prathana 6:00 AM - 7:00 AM
  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM

Recommended

उदयपुरमा मलद्वारमा लागूऔषध लुकाएर ल्याउने दुई युवक पक्राउ

उदयपुरमा मलद्वारमा लागूऔषध लुकाएर ल्याउने दुई युवक पक्राउ

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

Don't miss it

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न
शिक्षा

बेलकामा पहिलोपटक नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु
स्थानीय तह

बेलकामा १० दिने जुत्ता तथा सिलफर चप्पल बनाउने तालिम सुरु

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न
खेलकुद

प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सम्पन्न

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु
खेलकुद

बेलकामा प्रथम जिल्ला स्तरीय मेयर-उपमेयर ब्याडमिन्टन कप २०८३ सुरु

गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित
स्थानीय तह

गणतन्त्र दिवसको अवसरमा बेलका वडा नम्बर ९ द्वारा ४० जना सम्मानित

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना
शिक्षा

स्वर्गीय दुर्गा कार्कीको स्मृतिमा श्री जनता मावि जहडामा १ लाख २० हजार ३० रुपैयाँको अक्षय कोष स्थापना

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly