८ पौष २०८०, बेलका। बेलका नगरपालिका ९ रामपुर बजारको मुख्य रोडको दुवैतर्फ(दायाँबायाँ) डेड-डेड मिटर बाटो बढाउने काम सुरु भएको छ। बजारको १ किलोमीटरको बाटो पिच गर्ने गरि बढाउन लागेको बेलका नगरपालिका ९ का वडा अध्यक्ष पदम खड्काले बताउनु भएको छ।
दिनप्रतिदिन पिच बाटो दुवैतर्फ भत्किदै गएर साँगुरिदै गएकोले संरक्षण गर्न साथै दुर्घटनाको जोखिम कम गर्न आफ्नो पहलमा सडक डिभिजन लाहानले सो काम गरिरहेको वडा अध्यक्ष खड्काले बताउनु भयो।
खड्काका अनुसार, दुर्घटनाको जोखिम न्यूनीकरण गर्न र सवारीसाधन चालकलाई सहज बनाउनको लागि कोसी पुल देखि पश्चिम तर्फको मुख्य रोडको खाल्डाखुल्डी पुर्नका लागी पनि ठेक्का आह्वान गरिएको छ।
