
बेलका – असार ३
प्रथम लालबजार च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता २०८० को उपाधी बेलका ४ सुनाखरी युवा क्लब (आयोजक) ले हात पारेका छन। बेलका ८ यलम्बर स्पोर्टिङ क्लब र सुनाखरी युवा क्लब बीच आज भएको फाइनल खेलमा १ – ० गोल अन्तरले यलम्बरलाई हराउदै सुनाखरी युवा क्लबले उपाधी हात पारेको हो भने उप बिजेता बेलका ८ यलम्बर स्पोर्टिङ क्लब भएको हो।

जेष्ठ २८ गते सुरु भएको खेलको फाइनल (समापन) आज भएको हो। आज भएको फाइनल खेलमा बेलका ८ यलम्बर स्पोर्टिङ क्लबले गोलको लागि थुप्रै अवसरहरु गुमाएका थिए भने सुनाखरीले पनि केही अवसर गुमाएका थिए। बिजेता र उप बिजेता टिमले क्रमश नगद रु.२० हजार रु.१० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

बिजेताहरुलाई बेलका नगर प्रमुख तथा कार्यक्रमको प्रमुख अतिथि अशोक कार्की, बिशेष अतिथि बेलका नगर युवा तथा खेलकुद बिकास समिति अध्यक्ष गोपिलाल राई, सचिब दिपेन्द्र नेपका एमाले बेलका नगर कमिटी अध्यक्ष गणेश बस्नेत, नेकपा माओवादी केन्द्र बेलका नगर कमिटी अध्यक्ष मनोज तामाङ लगायत अतिथिहरुले पुरस्कार प्रदान गरेका हुन। प्रतियोगितामा जम्म ८ वटा टिमको सहभागीता रहेको थियो।
फोटो फिचर।














