अजम्बर पुलामी-
१ माघ, बेलका / किराँत राई यायोक्खा बेलका नगर कार्य समितिले किराँती समुदायको नयाँ वर्ष यलेदोङ्ग ५०८६ बिहीबार विभिन्न कार्यक्रमका साथ मनाएको छ।
किराँत राई यायोक्खा बेलकाको आयोजनामा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममार्फत नयाँ वर्ष मनाइएको हो। कार्यक्रमका प्रमुख अतिथिका रूपमा बेलका नगरपालिकाका उप-मेयर जीरा राईको उपस्थिति रहेको थियो।
साथै अतिथिहरूमा बेलका नगरपालिका-६ का वडा अध्यक्ष बसन्त कुमार मगर, किराँत राई यायोक्खाका पूर्व अध्यक्ष ललित राई, जसपा नेता गणेश राई लगायतको सहभागिता रहेको थियो।
कार्यक्रम किराँत राई यायोक्खा बेलका नगर अध्यक्ष रेनुका राईको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रमको सञ्चालन सह-सचिव कविता राईले गर्नुभएको थियो।
कार्यक्रममा वक्ताहरूले यलेदोङ्ग पर्वले किराँती समुदायको पहिचान, संस्कार र एकतालाई मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।













