१२, कात्तिक बेलका / उदयपुरको बेलका नगरपालिकामा ACF Nepal, NTAG Nepal र साहारा नेपालको संयुक्त आयोजनामा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
फ्रान्सबाट आउनु भएकी ACF Nepal की Regional Director Rachel Alessandri, Country Director डा. ओजस्वी आचार्य र उहाँहरूको टोली, त्यसैगरी NTAG Nepal का सम्पूर्ण राई र उहाँको टोली, साहारा नेपालकी रञ्जिता थापा र उहाँको टोली तथा बेलका नगरपालिकाको स्वास्थ्य शाखाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग स्वास्थ्य सेवा, गर्भवती तथा सुत्केरी अवस्थाको सुधार, पोषण, दिगो जीविकोपार्जन, मनोसामाजिक परामर्श, विपद् व्यवस्थापन र घरबगैँचा कार्यक्रमका विषयमा हालसम्मका सिकाइ, उपलब्धि, चुनौती र आगामी योजनाबारे व्यापक अन्तरक्रिया गरिएको थियो।












