Friday, July 31, 2026
Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home मनोरञ्जन

बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न

Radio Belaka by Radio Belaka
२ महिना अगाडि
in मनोरञ्जन
0
बेलकामा नगरस्तरीय साकेला कार्यक्रम भव्य रूपमा सम्पन्न
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

३० जेठ, बेलका / उदयपुरको बेलका नगरपालिका-६ स्थित साकेला पार्कमा नगरस्तरीय साकेला कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। किरात राई यायोक्खा बेलका नगर कार्यसमितिको आयोजना तथा बेलका-३ र बेलका-६ वडा कार्यसमितिको सहआयोजनामा किराँती राई समुदायको महान चाड उभौली साकेला २०८३ तथा किराँत यलम्बर संवत् ५०८६ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बेलका नगरभित्रका विभिन्न साकेला टोलीसहित छिमेकी स्थानीय तह चौदण्डीगढी नगरपालिकाका टोलीहरू गरी १५ भन्दा बढी साकेला टोलीको सहभागिता रहेको थियो। सहभागी टोलीहरूले परम्परागत साकेला सिली प्रस्तुत गर्दै सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए।

You might also like

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

सो अवसरमा बेलका नगरपालिकाले किरात राई यायोक्खा बेलका नगर कार्यसमितिलाई २० थान कुर्सी, एक थान साउण्ड सिस्टम तथा एक थान रोस्ट्रम हस्तान्तरण गरेको थियो। त्यस्तै, बेलका-६ वडा कार्यालयले कार्यक्रमका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको आयोजकले जनाएको छ। विभिन्न व्यवसायी तथा समाजसेवीहरूले समेत नगद सहयोग गरेका थिए।

नगर प्रमुख अशोक कार्कीलाई आयोजकले भव्य स्वागत गरेका थिए। प्रमुख अतिथि कार्कीले पानसमा दीप प्रज्वलन गरी तथा ब्यानर वाचन गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा किरात राई यायोक्खा बेलका नगर कार्यसमितिका कोषाध्यक्ष विश्व राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहयोगी व्यक्ति तथा संस्थाहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी प्रत्येक साकेला टोलीलाई बेलका-६ का वडा अध्यक्ष वसन्त कुमार मगरले एक/एक थान झ्याम्टा हस्तान्तरण गरेका थिए।

कार्यक्रमको अध्यक्षता किरात राई यायोक्खा बेलका नगर कार्यसमितिकी अध्यक्ष रेनुका राईले गरेकी थिइन्।

कार्यक्रममा बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्की, बेलका–६ का वडा अध्यक्ष वसन्त कुमार मगर, बेलका-५ का वडा अध्यक्ष दीपकराज रेग्मी, बेलका-९ का वडा अध्यक्ष भरत घिमिरे, जनप्रतिनिधि, सुरक्षाकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा संस्कृति प्रेमीहरूको उपस्थिति रहेको थियो।

उभौली साकेला चार्डको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रमले किराँती समुदायको मौलिक संस्कृति जगेर्ना गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ। कार्यक्रम सञ्चालन सहसचिव कविता राईले गरेकी थिइन् ।

Previous Post

बेलका नगरपालिकाद्वारा कृषकलाई आधुनिक कृषि उपकरण हस्तान्तरण

Next Post

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

Radio Belaka

Radio Belaka

Related Posts

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन
मनोरञ्जन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

by Radio Belaka
प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु
मनोरञ्जन

प्रथम बेलका पर्यटन महोत्सव २०८३ सुरु

by Radio Belaka
रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि
मनोरञ्जन

रौतापोखरीमा ‘प्रथम रौतामाई-त्रियुगा पर्यटन महोत्सव’ भोलिदेखि

by Radio Belaka
बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न
मनोरञ्जन

बोप्ताङमा कोशी प्रदेश स्तरीय प्याराग्लाइडिङ प्रतियोगिता सम्पन्न

by Radio Belaka
बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने
मनोरञ्जन

बेलकामा प्रथम प्राकृति, सांस्कृतिक तथा साहसिक महोत्सव २०८३ आयोजना हुने

by Radio Belaka
Next Post
भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

भचुवामा उभौली साकेला तथा यलेदोङको अवसरमा शुभकामना आदान-प्रदान, सांस्कृतिक गेट उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Programs

no events found

Recommended

डा. नारायण खड्का द्वारा बेलका नगरपालिकामा बाढी पिडीत लाई राहत सामग्री बितरण ।

डा. नारायण खड्का द्वारा बेलका नगरपालिकामा बाढी पिडीत लाई राहत सामग्री बितरण ।

U.S. Online Sales Surge, Shoppers Throng Stores On Thanksgiving Evening

Don't miss it

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन
समाचार

बेलकामा विद्युत् जडान गर्ने क्रममा करेन्ट लाग्दा प्राविधिकको निधन

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन
स्वास्थ्य

बेलका नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सेवा थप, नगरप्रमुख कार्कीद्वारा उद्घाटन

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार
खेलकुद

बेलकामा ‘फ्री फायर स्क्वाड म्याच’ : मिलन गहतराजको टोली प्रथम, १० हजार नगद पुरस्कार

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न
Uncategorized

सामुदायिक वन उपभोक्ता समिति अनुशिक्षण कार्यक्रम सम्पन्न

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान
स्थानीय तह

मिल्न सक्ने मुद्दा अब स्थानीय न्यायिक समितिमार्फत समाधान

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत
स्थानीय तह

बेलका नगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सुरु, ७५ करोडभन्दा बढी बजेट स्रोत प्रस्तुत

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly