माघ ४ रानिटार । उदयपुरको चौदण्डीगढी नगरपालिका–१ रानिटारस्थित दुधकोशी नदीमा फेरीबाट बस तार्ने क्रममा दुर्घटना भएको छ।
आज दिउँसो करिब ११ बजेर ५० मिनेटको समय आसपास इटहरीबाट भोजपुर आमचोक तर्फ जाँदै गरेको बा ३ ख ६३३९ नम्बरको बस फेरीबाट तार्ने क्रममा अचानक दुधकोशी नदीमा खस्दा बसमा भौतिक क्षति पुगेको हो।
दुर्घटनाका बेला बसमा चालक तथा यात्रु कोही पनि नरहेकाले मानवीय क्षति भने भएको छैन। घटनाको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा स्काईभेटर प्रयोग गरी नदीमा खसेको बसलाई किनारमा निकालिएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ।













