अजम्बर पुलामी-
१८ पुष, बेलका / धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उदयपुरको बेलका नगरमा नगर तदर्थ समिति गठन गरेको छ। नगरमा सम्पन्न भेलाले किरण राईको नेतृत्वमा २६ सदस्यीय नगर तदर्थ समिति चयन गरेको हो।
समितिको उप-संयोजकमा आइत बहादुर चेम्जोङ चयन भएका छन् भने कोषाध्यक्षमा सुशान्त राई र शर्मिला बस्नेत रहेका छन्। त्यस्तै सचिवमा श्याम कुमार राई, सह-सचिवमा नयन कुमार राई र कृष्ण कुमारी राई चयन भएका छन्।
समितिका सदस्यहरूमा हर्क जंग राई, सुनिता राई, सरिता राई, बयान सिंह राई, हरि बहादुर माझी, खड्ग सिंह राई, शिव राई, घनश्याम चौधरी, जेनेट राई, खिसा राई, सुखराज कटुवाल, टेक बहादुर श्रेष्ठ, श्याम राई, मीन कुमार राई, दुर्गा बहादुर राई, भरत राई र धन कुमार राई लगायत रहेका छन्।
भेलाले संगठन सुदृढीकरण गर्दै सबै वडासम्म पार्टीको संरचना विस्तार गर्ने निर्णयसमेत गरेको पार्टीले जनाएको छ ।













