साउन ३०,बेलका / नेकपा एमाले बेलका नगर कमिटीको आयोजनामा आज बिहान बेलका नगरपालिका ६ स्थित समावेशी पार्कमा झाडी सफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न भएको छ। गत वर्ष श्रावण ३० गते रोपिएका बिरुवाहरूलाई सिहारेको उक्त कार्यक्रममा प्रदेश, जिल्ला, नगर र वडा तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।
कार्यक्रममा बेलका नगरपालिकाकी उप प्रमुख जिरा राईले पार्कमा खानेपानी र विद्युत सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो।
वडा नम्बर ६ का अध्यक्ष बसन्त कुमार मगरले समावेशी पार्क क्षेत्रलाई पर्यटन सम्भावना बोकेको स्थान भन्दै सबै पक्षलाई सहयोगका लागि आग्रह गर्नुभयो।
त्यसैगरी, नेकपा एमाले बेलका नगर कमिटीका अध्यक्ष हिराजङ राईले आगामी दिनमा पनि बिरुवाको संरक्षण र गोडमेल कार्य निरन्तर जारी रहने प्रतिबद्धता जनाउनुभयो।













