१४ जेठ, बेलका । बेलका नगरपालिकाले ”सबल आर्थिक, सामाजिक र भौतिक पुर्वाधार,
बेलका नगर बिकासको प्रमुख आधार” भन्ने मुख्य नारा सहित आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम, बेलका नगरको सभाहल आज सम्पन्न गरेको छ।
नगर प्रमुख अशोक कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उप-प्रमुख जिरा राई, निमित्त प्रमुख प्रशासकिय अधिकृत रविकिरण आचार्य,वडा नं ३ का वडाध्यक्ष टंक प्रसाद आचार्य, वडा नं ५ का वडाध्यक्ष दिपकराज रेग्मी, वडा नं ९ का वडाध्यक्ष भरत घिमिरे, शिक्षा शाखा प्रमुख हरी कट्टेल,वडा सदस्यहरु,राजनितिक दलका प्रमुख तथा प्रतिनिधि,सुरक्षा प्रमुख,पत्रकार लगायत सरोकारवाला ब्यक्तिहरुको उपस्थिति रहेको थियो।
नगरका बिभिन्न वडाहरुमा गएर स्थानिय सरकार र कर्मचारी संग जनताको अभिमत के कस्तो रहेका छन भन्ने लगायत बिबिध बिषयहरु सार्वजनिक गरिएको थियो। कार्यक्रममा उठेका चासो-गुनासो,जिज्ञासा साथै प्रश्नहरुको जवाफ निमित्त प्रमुख रबिकिरण आचार्य,उप-प्रमुख जिरा राई र नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष अशोक कार्कीले दिदै कार्यक्रम सम्पन्न भएको छ।