१४ चैत, बेलका । बेलका नगरपालिकाको वडा नं.१ मा अचार बनाउने तालिम सुरु भएको छ । साहारा सामुदायिक अध्ययन केन्द्रको आयोजनामा र नगरपालिकाको आर्थिक सहयोगमा १० दिने अचार बनाउने तालिम सुरु भएको हो ।

चैत २३ गतेसम्म संचालन हुने तालिमको बिहीबार उद्घाटन गरिएको साहारा सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष टीका योन्जनले जानकारी दिनभयो । नगरप्रमुख अशोक कार्की, उप-प्रमुख जिरा राई, वडा अध्यक्ष लगायत वडा सदस्यहरुको सहभागीमा तालीम उद्घाटन गरिएको हो ।

उक्त तालिममा १५जना प्रशिक्षार्थीहरुलाई सुनिता गुरागाईले प्रशिक्षण गर्ने योन्जनले बताउनु भयो ।
तालिममा स्थानीय उत्पादन खुर्सानी, अमला, च्याउ लगायत विभिन्न थरिको अचार बनाउन सिकाइने छ । “सीप सिकौं,स्वरोजगार बनौं ” भन्ने नारा सहित साहारा सामुदायिक अध्ययन केन्द्रले तालिम संचालन गरिएको हो ।