२४ असार, बेलका । उदयपुर जिल्लाको बेलका नगरपालिका ३ बाट खोलाले बगाएर शनिबार बेपत्ता भएका पुरुषको शव उत्तानो परेको अवस्थामा फेला परेको छ।
गिदेरी खोलाले बगाउँदा बेपत्ता भएका बेलका ३ भासी स्थायी निवासी ६२ वर्षीय इन्द्र बहादुर बुढाथोकी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ऋषिराज ढकालले बताए ।
उनका अनुसार असार २२ गते शनिबार रामपुर बजार बाट घर फर्किने क्रममा बुढाथोकीलाई साँझ ६:३० बजे तिर खोलाले बगाएको थियो।
स्थानीयको सहयोग,जनप्रतिनिधि र नेपाल प्रहरीले खोज्ने क्रममा बेलका २ बानडांडा नजिक झोलुङ्गे पुल मुनि पुर्ब तर्फ शव फेला परेको हो।
उक्त शवलाई पोस्टमार्टमका लागि धरान स्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान पठाईएको प्रहरी निरिक्षक (इन्स्पेक्टर) ढकालले बताए ।