
उदयपुर बेलका न.पा. वडा नम्बर ६ बाक्सिखोप एकान्त टोल बिकास संस्थालाई ३२ सय मिटर (करिब ३ लाख ५० हजार बराबर) पाइप हस्तान्तरण गरेको छ। जनता समाजबादी पार्टी नेपाल किरात रास्ट्रिय समितिका उपाध्यक्ष तथा गत निर्वाचन उदयपुर जिल्ला क्षेत्र नं-१ (क) प्रदेश सभा सदस्य प्रत्याशी उमेदवार श्री गणेश राई साथै किरात रास्ट्रिय समिति सदस्य तथा गत निर्वाचन बेलका नगरपालिकाको प्रमुख मेयरका प्रत्याशी उमेदवार श्री महेन्द्र खालिङ राई को बिशेष पहलमा खानेपानी सरसफाइ डिभिजन कार्यलय उदयपुरको सहयोगमा जनता समाजबादी पार्टी नेपाल बेलका नगर समिति द्वारा उक्त पाइप हस्तान्तरण गरेको हो।

बाक्सिखोप एकान्ता टोल बिकासका टोलबासी जनताहरुको बर्षौ बर्ष देखि खानेपानीको अभाव समस्यालाई मध्यनजर गर्दै खाने पानीको समस्या समाधान गर्न पाइप हस्तान्तरण गरेको गणेश पुमा राई ले बताउनु भयो। गत स्थानीय चुनावमा एकान्त टोल बिकास संस्थाबाट पाइप अभावको कारण पानीको हाहाकार भएकोले त्यतिबेलाको बचनलाई पूरा गर्न पाइपको पहल गरि वितरण गरिएको महेन्द्र राई ले बताउनु भयो। सरकारले खाने पानीको समस्या बारे कहिले नसुनेकोले स्थानीय जनताहरुको दुख पिडा भावनालाई बुझी खानेपानी ब्याबस्थापनको लागि टोल बिकाशका अध्यक्ष दान बहादुर राई र सचिब नवराज थापा लगायत बाक्सिखोप एकान्ता टोल बासीहरुलाई ३२ सय मिटर खानेपानी पाइप हस्तान्तरण गरेको सुरेन्द्र खालिङले बताउनु भयो।
स्थानीयले बिजुली, कुलो सिचाइ, बाटो लगायत विविध बिषयमा गुनासो राखेका थिए