
११ पौष २०८० – बेलका। उदयपुर बेलका नगरपालिका ९ रामपुरमा अवस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. ले न्यानो पकडा वितरण गरेको छ। सहकारीको हलमा उक्त न्यानो कपडा आज वितरण गरेको हो।

पारिवारिक रुपमा कम्जोर अवस्थाका जम्मा १८ जनालाई न्यानो कपडा(सिरक) वितरण गरेको छ। हिड्डुल गर्न गाह्रो हुनेलाई सम्मान स्वरुप साहाराको लागि लठ्ठी वितरण पनि गरेको छ।

कार्यक्रममा उत्कृष्ट बचत कर्तालाई सम्मान, संस्था का सम्शेर बा. बिष्ट लाई अस्ट्रेलिया पारिवारिक भेटघाटको लागि बिदाइ तथा शुभकामना र भर्खरै सरुवा भएरा आउनु भएका सशस्त्र प्रहरी बेस क्याम डुड्खोला का प्रमुख जय कुमार चौधरीलाई स्वागत समेत सहकारीले गरेको छ।

