
२७ बैशाख २०८० – बेलका । बेलका नगरपालिकामा जारी बेलका नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको दुवै खेल बराबरीमा टुंगिएको छ। देवकला स्मृति युवा समुह (बेलका ७) र न्यु राइजिङ्ग स्पोर्टिङ क्लब (बेलका ३) त्यसैगरी सुनाखरी युवा क्लब (बेलका ४) र हिम शिखरबिकास केन्द्र (बेलका ८) बिचको दुवै खेल बराबरीमा सकिएको हो।
आज दोस्रो दिनको पहिलो खेल देवकला स्मृति युवा समुह (बेलका ७) र न्यु राइजिङ्ग स्पोर्टिङ क्लब (बेलका ३) बीच सम्पन्न भएको हो। जसमा दुवै टिमले १ – १ गोल गर्दै बराबरीमा खेल टुंगिएको छ। देवकला लाहान्छा स्मृति क्लबका जर्सी नम्बर ५ उदास राई ले ३३ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने खेलको ३९ औं मिनेटमा न्यू राइजिङ्ग स्पोर्टिङ क्लबका जर्सी नम्बर ३० कारलस राई ले एक गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए। त्यसपछि भने खेलको समय अवधिभित्र दुवै क्लबले गोल गर्न नसकेपछि १ – १ गोल मै खेल सकिएको हो। उक्त खेलमा म्यान अफ दि म्याच देवकला लाहान्छा स्मृति क्लबका सरोज राई घोषित भए।
त्यसैगरी आजको दोस्रो खेल सुनाखरी युवा क्लब (बेलका ४) र हिमशिखर बिकास केन्द्र (बेलका ८) बिचको खेल कुनै पनि गोल बिहिन सकिएको छ। खेलको समय अवधीभित्रमा दुवै टिमले कुनै पनि गोल गर्न नसकेपछि ० – ० मै खेल सकिएको हो। उक्त खेलमा हिमशिखर बिकास केन्द्र का विशाल भुजेल (गोल रक्षक) ले म्यान अफ दि म्याच पाएका छन।
बेलका युवा तथा खेलकुद बिकास समितिको मुख्य आयोजना तथा बुद्ध एकता क्लबको सह आयोजना र बेलका नगरपालिकाको सहयोगमा बेलका ६ बुद्ध चोकको खेल मैदानमा भइरहेको बेलका नगर स्तरीय लिग कम नक आउट चौथो मेयर कप फुटबल प्रतियोगिताको भोलि तेस्रो दिन बुद्ध एकता क्लब (बेलका ३) र वडा खेलकुद बिकास समिति (बेलका ९) बिहान ७ बजे त्यसैगरी दुधकोशी जनचेतना समाज तथा बेलका युवा बिकास समाज (बेलका ६ खेलकुद बिकास समिति) र ह्याप्पी फुटबल क्लब (बेलका १) दिउँसो ३ ३ बजे र अजम्बरी युवा क्लब (बेलका २) र हिमशिखर बिकास केन्द्र (बेलका ८) बिचको खेल बेलुकी ५ बजे देखि हुने छ।