
१६ बैशाख २०८० – बेलका । बेल्टार न्यु स्टार डान्स स्टुडियो द्वारा आयोजित द सिङ्गल उदयपुर डान्स च्याम्पको मेघा राउन्ड बेल्टारको सिटि हलमा आज सम्पन्न भएको छ। मेघा राउन्डबाट अर्को राउन्डको लागि ५० जना छनोट भएका छन।

उदयपुर जिल्लाको बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, कटारी लगायतको पालिकाबाट पहिलो चरणको अडिसन राउन्डबाट छनोट भइ आएका ८५ जना मध्य अर्को तेस्रो राउन्डको लागि ५० जना छनोट भएको हो।

अडिसन राउन्डबाट छनोट हुने प्रतिस्पर्धीहरुलाई केही दिन अगाडि अनुभवी नृत्य निर्देशक तथा डान्स कोरियोग्राफरहरु द्वारा एक दिने वर्क शक(नृत्य प्रशिक्षण) गराइसकेको आयोजकले जनाउनु भएको छ।

उदयपुर भरि लुकेर रहेको कला, प्रतिभाहरुलाई उजागर गर्ने साथै डान्स क्षेत्रमा अगाडि बढ्नको लागि अवसर खोजिरहेका कलाकारहरुको उत्थान र बिकास गर्ने उद्देश्यका साथ आयोजित द सिङ्गल उदयपुर डान्स च्याम्पको अर्को (तेस्रो राउन्ड) अब केही दिन पछी हुने बेल्टार न्यु स्टार डान्स स्टुडियो कि निर्देशक एवं डान्स कोरियोग्राफर कौशिला राई ले बताउनु भएको छ।



