२८ बैशाख – बेलका। बेलका ९ स्थित रामपुर पब्लिक एकेडमीका विद्यार्थीहरुलाई साकेला नाच तथा किरात राई समुदायहरुको प्रमुख चाड उभौली/उधौली बिषयमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरुलाई साकेला नाचको महत्त्व साथै उभौली/उधौली चाडको बारेमा जानकारी दिन र बुझाउने उदेश्यले विद्यालयले उक्त कार्यक्रमको आयोजना गरेको प्रिन्सिपल ललित राई ले बताउनु भयो।
विद्यार्थीहरु माझ किरात राई यायोक्खा बेलका ९ कमलावारि साकेला योलिले बिशेष साकेला शिली समेत प्रदर्सन गरेका थिए। किराया बेलका ९ का अध्यक्ष एवं साकेला टोलिका नेतृत्वकर्ता घमण्ड बहादुर राई किरात राईहरुको इतिहास, भूगोल, सँस्कृती, सभ्यता तथा साकेला सिलि बारे विद्यार्थीहरुलाई जानकारी गराउदै यसलाइ जोगाई राख्नु पर्ने बताउका थिए।
किरात राईहरूले उभौली अर्थात वैशाख पूर्णिमा र उधौली अर्थात मङ्सिर पूर्णिमालाई प्रमुख चाडको रुपमा मान्दै आएको छ। किरात राईहरुले आफ्नो पुर्खा सुम्निमा र पारुहाङलाई मान्ने गरेका छन। किरात राईहरुले यो चाडमा बाली लगाउने समयमा वर्षा प्रशस्त होस्, दैवीप्रकोप नपरोस्, आफ्नो समुदायमा रोगव्याधि नलागोस्, सुख शान्ति छाओस् भनेर उभौली मानिन्छ। त्यस्तै अन्नबाली पाकिसकेपछि प्रकृतिबाट धनधान्य एवं सुखशान्ति प्राप्त भयो भन्ने सन्देश दिन र आउने समयमा पनि यस्तै रहोस् भन्ने कामना सहित उधौली मान्ने गरेका छन। किरात राईहरुले उँधौलीमा आफ्ना पितृ र प्रकृतिको पूजा गर्ने चलन पनि रहेको छ।