अजम्बर पुलामी
२ पुष, बेलका / उदयपुरको बेलका नगरपालिका – ७ मा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले वडा कमिटी गठन गरेको छ। जिल्ला सचिव भैचेमा कुमार राईको उपस्थितिमा सम्पन्न भेलाले २१ सदस्यीय वडा कार्य समिति चयन गरेको हो।
नवगठित समितिको संयोजकमा विवेक राई चयन भएका छन् भने सह-संयोजकमा अनिश राई र नवीन राई रहेका छन्। सचिवमा सरोज राई, सह-सचिवमा संगम राई तथा कोषाध्यक्षमा रस्मिता राई चयन भएका छन्। समितिका सदस्यहरूमा तिलक राई, रुपक राई, सविन राई, दिपराज राई, लोकेन्द्र राई, शोमिहाङ राई, अस्मिता राई, गणेश राई, विजय राई, शम्भु राई, देवराज राई, दिलबहादुर, प्रवीण राई र सन्तोष राई रहेका छन्।
यस्तै, सल्लाहकारका रूपमा पारुहाङ राई, किरण राई, खत्क सिंह राई र कुमार राई चयन भएका छन्।
निर्वाचन आयोगमा दर्ता प्रक्रिया पूरा भएसँगै श्रम संस्कृति पार्टीले विभिन्न जिल्लादेखि पालिका र वडासम्म संगठन विस्तार गर्दै संयोजक र सह-संयोजकसहित समिति गठनको कामलाई तीव्रता दिइरहेको जनाएको छ।












