१५ बैशाख, बेलका । उदयपुर बेलका नगरपालिकाको विभिन्न स्थानबाट ठुलो परिमाणमा बरामद अवैध लागू औषध गाजा सोमबार इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला प्रहरीले नष्ट गरेको छ । कार्यालयको कम्पाउण्ड भित्र खाली जग्गामा १७७४ किलो ३८७ ग्राम भन्दा बढी गाजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

उदयपुर जिल्ला अदालतका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, बेलका नगरकार्यपालिकाको कार्यालयका प्रतिनिधि, वडा नं.९का जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प डुडखोलाका प्रतिनिधि, राष्ट्रिय अनुसन्धान कार्यालय रामपुरका प्रतिनिधि र स्थानीय पत्रकारहरुको उपस्थितिमा आगो लगाएर नष्ट गरिएको प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिए ।
उक्त अवैध लागू औषध गाजाहरु लुकाई छिपाई राखेको बेवारिसे अवस्थामा प्रहरीले विभिन्न मिति,समय र स्थानबाट नियन्त्रणमा लिएको थियो ।