८ बैशाख, बेलका : उपभोक्तालाई स्वस्थ मासु खुवाउनका लागि मासु काटेर बिक्री गर्ने व्यवसायीका लागि तालिम सुरु भएको छ । अस्वस्थ मासुले मानव जीवनलाई हानी पु¥याउने भन्दै नागरिकको स्वास्थ्यलाई पाच्य हुने मासु उत्पादन सम्बन्धि ७ दिने तालिम सुरु भएको हो ।
बजारमा अव्यवस्थित रुपले मासु बध गर्ने प्रवृत्ति बढिरहेको बेला व्यवसायी तथा किसानलाई प्रशोधित मासु उत्पादनबारे प्रशिक्षण दिएको छ ।
बेलका नगरपालिका रामपुर बजारस्थित “रामपुर फ्रेस मिट शप” ले कोशी प्रदेश सहित विभिन्न जिल्लाका व्यवसायी तथा पशुपालक किसानलाई प्रशोधित मासु उत्पादन तथा मासुका विभिन्न परिकार बनाउने, मासु काट्ने मेसिनबारे रामपुर फ्रेस मिट शपका संचालक देबराज राईले जानकारी दिनु भएको थियो ।
राईले विभिन्न ठाउँबाट आएका व्यवसायीलाई न्यानो स्वागतसंगै आफ्नो पसलमा भिजिट समेत गरानु भएको थियो ।
हिजो उक्त तालिम रामपुर फ्रेस मिट शपमा भएको थियो भने आज कोशी प्रदेशका विभिन्न ठाउँका फ्रेस हाउसहरुमा तालिम हुनेछ ।












