Sunday, July 6, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Belaka Network
Advertisement
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule
Belaka Network
No Result
View All Result
Home Uncategorized

त्रियुगा जनता बहुमुखी क्याम्पसमा नेविसंघ र नेकपा एस निकट अनेरास्ववियूको कारण स्ववियु निर्वाचन स्थगित

Radio Belaka by Radio Belaka
४ महिना अगाडि
in Uncategorized
0
त्रियुगा जनता बहुमुखी क्याम्पसमा नेविसंघ र नेकपा एस निकट अनेरास्ववियूको कारण स्ववियु निर्वाचन स्थगित
XFacebookLinkedInCopyEmailMessengerWhatsAppShare

गाईघाट समाचारदाता, २८ फागुन । त्रिभुवन विश्व विद्यालयद्वारा घोषित यही चैत ५ गते हुने स्ववियु निर्वाचनअन्तर्गत आज मंगलबार मनोनयन दर्ताको कार्यक्रम रहेको भएपनि उदयपुरको सदरमुकाम गाईघाटमा रहेको त्रियुगा जनता बहुमुखी क्याम्पसमा भने स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको छ ।

नेपाल विद्यार्थी संघ र नेकपा एस सम्बद्ध अनेरास्ववियूले विभिन्न माग राखी निर्वाचन कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि मंगलबार हुने मनोनयनको कार्य प्रभावित बनेको छ ।

You might also like

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

सशस्त्र प्रहरी निरीक्षकको सरुवा–बिदाइ कार्यक्रममा वृक्षरोपण।

त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका स्ववियु निर्वाचन प्रमुख टिका पौडेलले विद्यार्थीहरुले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका कारण मनोनयन पत्र वितरणको काम हुन नसकेको बताए । पौडेलले क्याम्पस प्रशासन र असन्तुष्ट विद्यार्थी संगठनबीच छलफल गरेर सहमति खोज्ने प्रयास भइरहेको जानकरी दिए ।

नेपाल विद्यार्थी संघले दावी विरोध गरिएका, प्रमाण नपुगेका विद्यार्थीहरूको समेत नामावली मतदाता सूचीमा राखेकोले तत्काल हटाउनु, क्याम्पस प्रशासनबाट गरिएका गतिविधि सच्याउन र भय रहित एवम् निष्पक्ष वातावरणमा निर्वाचन गराउन जिम्मा लिनुपर्ने र वर्तमान निर्वाचन समिति भंग गरी नयाँ निर्वाचन समिति गठन गर्नुपर्ने माग राखेको छ भने नेकपा एस सम्बद्ध अनेरास्ववियूले भने स्नातक तह प्रथम वर्षमा माघ ११ गते भित्र भर्ना भएका विद्यार्थीलाई मात्र मतदान प्रक्रियामा सहभागी हुन पाउने निर्णय गरेको भन्दै तालाबन्दी गरेको जनाएको छ । यद्यपि स्ववियु निर्देशिका २०८१ ले समेत माघ ११ गते भित्र भर्ना भएका विद्यार्थीलाई मात्र मतदान प्रक्रिया सहभागी हुन पाउने स्पष्ट व्यवस्था गरेको छ भने क्याम्पस प्रशासनले समेत १९ फागुनमा आयोजना गरेको सर्वदलीय बैठकले समेत सोही कुरालाई मान्य गर्नेगरी निर्णय गरेको थियो । अहिले निर्वाचनको मुखमै आएर नेकपा एस सम्बद्ध अनेरास्ववियूले निर्वाचन कार्यालयमा ताला लगाएको विद्यार्थीहरुले बताएका छन ।

त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका प्रमुख डा. कैलाश राईले भने नेपाल विद्यार्थी संघ र नेकपा एस सम्बद्ध अनेरास्ववियूले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि छलफल गरेर विवाद निरुपण गर्ने प्रयास गरिएको भएपनि छलफल बिना निष्कर्ष टुंगिएको जानकारी दिए । उनले अहिले पनि आफुहरु छलफलकै क्रममा रहेको भन्दै सबैको सहमतिमा मनोनय लगायतका निर्वाचनका काम सुरु गर्ने प्रयास गरिरहेको बताए ।

नेपाल विद्यार्थी संघले भने आफूहरुको माग पूरा नभएसम्म ताला खोल्न नसक्ने जनाएको छ । नेपाल विद्यार्थी संघ उदयपुरका सभापति रोशन कार्कीले आफूहरुको माग अक्षरस पालना नहुने हो भने आफूहरु कुनै पनि सहमती गर्न नसक्ने भन्दै यसले चुनाव प्रभावित हुने दावी गरे ।

उदयपुरमा त्रियुगा जनता बहुमुखी क्याम्पससहित बरुवा क्याम्पस गाईघाट र नारद आदर्श शिक्षा क्याम्पस बसाहामा स्ववियु निर्वाचन हुनु पर्नेमा बरुवा क्याम्पसमा पनि संगठन दर्तासँगै भएको सर्वदलीय बैठकमा मतदाताका विषयमा सहमति हुन नसक्दा क्याम्पस प्रशासनले सहमति नहुन्जेलसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरेको सूचना सार्वजनिक गरेको थियो ।

बरुवा क्याम्पसमा पनि स्नातक तह प्रथम वर्षमा माघ ११ गतेपछि भर्ना भएका विद्यार्थीहरुलाई समेत मतदान प्रक्रियामा सहभागी गराउन केही विद्यार्थी संगठनले माग गरेपछि मतदाता नामावली नै प्रकाशन हुन सकेको छैन । उता नारद आदर्श शिक्षा क्याम्पसमा भने आज मनोनयन दर्ता हुने तयारी रहेको क्याम्पस प्रशासनले जनाएको छ ।

Previous Post

बेलकामा फ्रान्सेली राजदुत भर्जिनी कार्टेभललाई स्वागत

Next Post

धरान,बेलका हुदै भोजपुर जोड्ने बाटोमा यातायात अवरुद्द हुंदा दैनिक सयौं यात्रु लाई सास्ती

Radio Belaka

Radio Belaka

Related Posts

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार
Uncategorized

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

by Radio Belaka
बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ
Uncategorized

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

by Radio Belaka
Uncategorized

सशस्त्र प्रहरी निरीक्षकको सरुवा–बिदाइ कार्यक्रममा वृक्षरोपण।

by Radio Belaka
मोटरसाइकल दुर्घटना परी मृत्यु भएका नबिन राईको अन्त्यष्टि
Uncategorized

मोटरसाइकल दुर्घटना परी मृत्यु भएका नबिन राईको अन्त्यष्टि

by Radio Belaka
दोस्रो बेलका सप्तकोशी फ्रेन्ड्शिप कप सम्पन्न
Uncategorized

दोस्रो बेलका सप्तकोशी फ्रेन्ड्शिप कप सम्पन्न

by Radio Belaka
Next Post
धरान,बेलका हुदै भोजपुर जोड्ने बाटोमा यातायात अवरुद्द हुंदा दैनिक सयौं यात्रु लाई सास्ती

धरान,बेलका हुदै भोजपुर जोड्ने बाटोमा यातायात अवरुद्द हुंदा दैनिक सयौं यात्रु लाई सास्ती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Yoga 7:00 AM - 8:00 AM

Up Coming Programs

  • Yoga 7:00 AM - 8:00 AM
  • Samachar 8:00 AM - 9:00 AM
  • Katha 3:00 PM - 5:00 PM

Recommended

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन

उदयपुर बेलका नगरपालिका -२ भागलपुरका १७ वर्षीय विशाल बस्नेतले युट्युबबाट पाए सिल्बर प्ले बटन

नगर प्रमुख अशोक कार्कीद्वारा बेलका ८,९,३,४,६,१,र २ को नगरस्तरिय गौरव आयोजनाहरुको अनुगमन

नगर प्रमुख अशोक कार्कीद्वारा बेलका ८,९,३,४,६,१,र २ को नगरस्तरिय गौरव आयोजनाहरुको अनुगमन

Don't miss it

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार
Uncategorized

बेलका नगरपालिकाको बजेट ७७ करोड २६ लाख ४१ हजार

बेलका नगरपालिकाको १६औं नगर सभा सुरु
स्थानीय तह

बेलका नगरपालिकाको १६औं नगर सभा सुरु

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ
Uncategorized

बालअधिकार प्रवर्द्धनमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम प्रारम्भ

“बेलकामा महिला स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न”
तपाइको सृजना

“बेलकामा महिला स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न”

Uncategorized

सशस्त्र प्रहरी निरीक्षकको सरुवा–बिदाइ कार्यक्रममा वृक्षरोपण।

दोस्रो लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८२ को उपाधि अजम्बरी लाई
खेलकुद

दोस्रो लालबजार च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८२ को उपाधि अजम्बरी लाई

About Us

वेलका-९, रामपुर, प्रदेश नं १, उदयपुर, नेपाल
फोन नं.: ०३५-४३०१२२
इमेल: info@belakanetwork.com.np
www.belakanetwork.com.np

Our Team

  • अध्यक्ष :- महेन्द्र राई
  • स्टेशन म्यानेजर :- आर्जे प्रविण बान्तावा राई
  • निर्देशक :-  
  • प्रवन्ध संपादक :- 
  • संपादक :- 
  • मार्केटिङ् :-
  • रेपोटर :-
  • टेक्निसियन :- अजम्बर मगर

Find us Here

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

No Result
View All Result
  • Home
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विचार
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • Schedule

© 2022 Belaka Network Pvt. Ltd All Rights Reserved.

Share to...
BlueskyBufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixNextdoorPinterestPocketPrintRedditSMSTelegramThreadsTumblrXVKWhatsAppXingYummly