
२४ फागुन – बेलका। बेलका नगरपालिकाको आयोजनामा १ दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ११५औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नगर अस्पताल परिसर रामपुरमा उक्त रक्तदान कार्यक्रम आज सम्पन्न भएको हो।

‘सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता र सशक्तिकरण’ भन्ने नारा सहित सम्पन्न भएको कार्यक्रममा ३९ जनाले रक्तदान गरेको आयोजकले बताएको छ।

रक्तसञ्चार केन्द्र धरान घोपाको प्राविधिक सहयोग र ब्रदरहुड एफसी, बेलका नगर अस्पताल, युएनएफपीए तथा सीएमसी नेपालको सहयोगमा रक्तदान कार्यक्रममा सम्पन्न भएको हो।