
भोलि मङ्सिर १६ गते हुने उपनिर्वाचनमा बेलका नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्ष पदको लागि मतदान केन्द्रको तयारी सम्पन्न भएको छ। बेलका नगरपालिका ९ स्थित श्री वरपिपल मा. बि. कमलाबारीको प्राङ्गणमा मतदानको लागि मतदान केन्द्र पुर्ण रुपमा तयार गरिएको हो।
मतदान बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म हुने निर्वाचन अधिकृत मनोज प्रसाद गुप्ताले बताए। बेलका नगरपालिका वडा नं. ९ मा २०७९ को चुनावमा काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्ष पदम खड्काको केही महिना अगाडि सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो।
बेलका ९ मा वडा अध्यक्ष पदको लागि नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र मङ्गो नेसनल अर्गनाइजेसन गरि जम्मा ७ वटा दलले आफ्नो उम्मेदवारी दिएका छन।