
१० असोज – पूर्व बिराटनगरबाट पश्चिम गाईघाटतर्फ जादै गरेको यात्रुबाहक बस अनियन्त्रित भएर कोशी ब्यारेजमा खसेको छ। को १ ख ४६०१ नम्बरको नरसिंह डिल्क्स यातायात आज साझ अन्दाजी ५:३० बजेको समयमा कोशी ब्यारेजबाट नदीमा खसेको हो।
बस कोशी ब्यारेज ३६ नं को ढोका अगाडि बाट कोशीमा नदिमा खसेको हो। सो यात्रुबाहक बसमा २० जना सवार रहेकोमा सबैजना यात्रुहरुको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।













