
३१ भदौ – बेलका। उदयपुर जिल्लाको बेलका नगरपालिका ४ स्थित श्री जनता नमुना मा. बि. गुरुङ्गचौरीमा अध्ययनरत १४८६ जना विद्यार्थीहरुले आँखाको जाच गरेका छन। जसमध्ये ९१ जना विद्यार्थीहरुको आँखामा समस्या भएको देखिएको छ।
विद्यालयको आयोजना र नब दृष्टि आई हस्पिटल प्रा. लि. इटहरी सुनसरीको प्राबिधिक सहयोगमा उक्त शिविर विद्यालयको हलमा हिजोबाट सुरु भएको हो। हिजो र आज गरि जम्मा १४८६ जना विद्यार्थीहरुले आँखाको जाच गरेका हुन।
प्र.अ. सम्मर राई का अनुसार भोलि असोज १ गते मंगलबार भने बिद्यालय तथा गैरबिद्यालयका अभिभावकहरुको निमित्त निशुल्क आँखा जाच शिविर संचालन हुनेछ।