
उदयपुर जिल्लाको बेलका नगरपालिका ४ स्थित श्री जनता नमुना मा. बि. गुरुङ्गचौरीमा ३ दिने निशुल्क आँखा जाच शिविर आजबाट सुरु भएको छ। जनता नमुना मा. बि. को आयोजना तथा नब दृष्टि आई हस्पिटल प्रा. लि. इटहरी सुनसरीको प्राबिधिक सहयोगमा उक्त शिविर विद्यालयको हलमा सुरु भएको हो।

बि. व्य. स. अध्यक्ष मनोज तामाङको अध्यक्षतामा भएको एक औपचारिक कार्यक्रम बिच बेलका नगर प्रमुख अशोक कार्कीले ब्यानरमा लेखिएको शब्दहरु पढेर शिविरको उद्घाटन गरेको हो। उक्त कार्यक्रममा प्र. अ. सम्मर राई, बि. ब्य. स. सदस्यहरु गोपिलाल राई, रिता बि. क., हस्पिटल प्रा. लि. का अर्जुन माझी, निकिता चापागाई लगायत अन्य अभिभावक, शिक्षक/शिक्षिकाहरुको उपस्थिति रहेको थियो।

बिद्यालयका प्र. अ. सम्मर राईका अनुसार आज पहिलो दिनको शिविरमा ६५० जना विद्यार्थीहरुले आँखा जाच गरेका थिए। जसमध्ये ३८ जनाको आँखामा समस्या भएको देखिएको छ।

आज भदौ ३० गतेबाट सुरु भएको शिविर भोलि भदौ ३१ गते सोमबार विद्यार्थीहरुको लागि हुनेछ। पर्सि असोज १ गते मंगलबार भने बिद्यालय तथा गैरबिद्यालयका अभिभावकहरुको निमित्त निशुल्क आँखा जाच शिविर संचालन हुनेछ।



