१० जेठ, बेलका । बेलका नगरपालिकाको चौधौ नगर अधिबेशन सँगै आर्थिक बर्ष ०८१/८२ को बजेट तथा कार्यक्रम पेश भएको छ। “सवल आर्थिक,सामाजिक र भौतिक पुर्वाधार, बेलका नगर बिकासको प्रमुख आधार” भन्ने मुख्य नारा सहित चौधौ नगर अधिबेशनमा नगर प्रमुख अशोक कार्की द्वारा पेश भएको बजेट तथा कार्यक्रम माथि सुक्ष्म बिश्लेषण,छलफल र सल्लाह सुझाव सहित आगामी २५ गते उत्कृष्ट,नमुना योग्य बजेट पास गर्न सहयोगका लागी अनुरोध गरेका छन भने उप-प्रमुख जिरा राईले आगामी बजेट लाई सन्तुलित तथा समानुपातिक बनाईने बताएका छन ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत,वडाध्यक्ष,वडा सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सभाध्यक्ष नगर प्रमुख अशोक कार्की रहेका थिए भने कार्यक्रम सन्चालन शाखा अधिकृत चेतनाथ गौतमले गरेका थिए ।