३१ जेठ, बेलका । बेलका नगरपालिका वडा नं ९ का वडाध्यक्ष तथा नगर कार्य पालिकाका प्रबक्ता पदम खड्का दुर्घटनामा परी गम्भिर घाईते भएका छन। जेठ ३० गते बिहान ९:३० बजेको आसपास रामपुर देखी ईटहरी जाने क्रममा सुनसरी जिल्लाको नडाहा नजिकै राजधानि चौकमा सिटी सफारी लाई मोटर साईकल बाट ओभरटेक गर्ने क्रममा एक आपसमा ठोकिन गै दुर्घटना भएको थियो।
दुर्घटना पश्चात तत्कालै धरान स्थित बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याईएको थियो। स्वास्थ्य स्थिति जटिल बन्दै गए पछी आज डक्टरको सल्लाह बमोजिम थप उपचारका लागी एयर एम्बुलेन्स मार्फत काठमाण्डौको अन्नपुर्ण न्युरो हस्पिटल रेफर गरिएको
बेलका नगरपालिकाका प्रेस संयोजक ध्रुब कोईरालाले बताएका छन ।